भजनसंग्रह 126 - नेपाली नयाँ संशोधित संस्करणनिर्वासनबाट छुटकारा पाएकोमा धन्यवाद यात्राको गीत 1 जब परमप्रभुले सियोनका निर्वासितहरूलाई फर्काएर ल्याउनुभयो, तब हामी सपना देख्नेहरूजस्ता थियौं। 2 तब हाम्रो मुख हाँसोले, र हाम्रो जिब्रो आनन्दको आवाजले भरिए। तब जातिहरूका बीचमा यसो भनियो, “परमप्रभुले तिनीहरूका निम्ति महान् काम गर्नुभएको छ।” 3 परमप्रभुले हाम्रा निम्ति महान् काम गर्नुभएको छ, र हामी आनन्दले भरिएका छौं। 4 हे परमप्रभु, नेगेव देशका नदीहरू उर्लेझैँ, हाम्रा सुख-शान्ति फर्काइदिनुहोस्। 5 आँसुको साथमा छर्नेहरूले आनन्दका गीत गाउँदै कटनी गर्नेछन्। 6 जो रुँदै-रुँदै बीउ बोकेर छर्न जान्छ, त्यो फसलका बिटाहरू बोकेर आनन्दले गीत गाउँदै फर्कनेछ। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society