Online Bible

- Reklamy -

भजनसंग्रह 125 - नेपाली नयाँ संशोधित संस्करण


परमप्रभु आफ्‍ना भक्तका चारैतिर हुनुभएको
यात्राको गीत

1 परमप्रभुमा भरोसा राख्‍नेहरू सियोन पर्वतझैँ छन्‌, जसलाई हल्‍लाउन सकिँदैन तर सदासर्वदै स्‍थिर रहन्‍छ।

2 पहाड़हरूले यरूशलेमलाई घेरेझैँ, परमप्रभुले आफ्‍ना जनहरूलाई आज अनि सदासर्वदा घेरिराख्‍नुहुन्‍छ।

3 दुष्‍टहरूको राजदण्‍ड धर्मीहरूका निम्‍ति राखिएको देशमा रहनेछैन, नत्रता धर्मीहरूले आफ्‍ना हात अधर्मतिर लगाउनेछन्‌।

4 हे परमप्रभु, असल गर्नेहरूलाई असलै गर्नुहोस्‌, तिनीहरूलाई जसका हृदय सोझा छन्‌।

5 तर कुमार्गतिर लाग्‍नेहरूलाई परमप्रभुले दुष्‍ट काम गर्नेहरूसँग निर्वासित गर्नुहुनेछ। इस्राएलमा शान्‍ति होस्‌।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy