भजनसंग्रह 123 - नेपाली नयाँ संशोधित संस्करणपरमेश्वरका दयाको निम्ति प्रार्थना यात्राको गीत 1 हे स्वर्गको सिंहासनमा विराजमान हुनुहुने, तपाईंतिर म मेरा आँखा उचाल्छु। 2 जसरी दासहरूका आँखा आफ्ना स्वामीको हाततिर हुन्छन्, जसरी दासीहरूका आँखा आफ्नी स्वामिनीको हाततिर रहन्छन्, त्यसरी नै जबसम्म उहाँले हामीमाथि कृपा गर्नुहुन्न, तबसम्म हाम्रा आँखा परमप्रभु हाम्रा परमेश्वरतिर रहन्छन्। 3 हामीमाथि कृपा गर्नुहोस्, हे परमप्रभु, हामीमाथि कृपा गर्नुहोस्, किनकि हामीले ज्यादै हेलचेक्र्याइँ सहेका छौं। 4 अभिमानीहरूबाट उपहास र अहङ्कारीहरूबाट ज्यादै हेलचेक्र्याइँ सहेका छौं। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society