भजनसंग्रह 120 - नेपाली नयाँ संशोधित संस्करणसहायताको निम्ति प्रार्थना यात्राको गीत 1 मेरो सङ्कष्टमा म परमप्रभुलाई पुकार्दछु, र उहाँले मलाई जवाफ दिनुहुन्छ। 2 हे परमप्रभु, झूट बोल्ने ओठ र छली जिब्रोबाट, मलाई बचाउनुहोस्। 3 ए छली जिब्रो, उहाँले तँलाई के गर्नुहोला? तँसँग अरू बढ़ी के गर्नुहोला? 4 उहाँले तँलाई योद्धाको तीखो बाणले झैँ, र झाडीको आगोले झैँ दण्ड दिनुहुनेछ। 5 धिक्कार मलाई, कि म मेशेकमा वास गर्दछु, र केदारका पालहरूका बीचमा बसेको छु! 6 शान्तिलाई घृणा गर्नेहरूका बीचमा मैले वास गरेको धेरै भयो। 7 म त शान्तिप्रिय व्यक्ति हुँ, तर जब म बोल्छु, तिनीहरू लड़ाइँ गर्न तत्पर हुन्छन्। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society