गन्ती 29 - नेपाली नयाँ संशोधित संस्करणतुरहीको चाड 1 “‘सातौँ महिनाको पहिलो दिनमा तिमीहरूको एउटा पवित्र सभा होस्। त्यस दिन तिमीहरूले कुनै दैनिक काम नगर्नू। त्यो तिमीहरूका निम्ति तुरही बजाउने दिन हो। 2 तिमीहरूले परमप्रभुलाई मन पर्ने मीठो बास्ना हुनलाई होमबलिको निम्ति एउटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट हुनुपर्छ। 3 तिनका अन्नबलिको निम्ति बाछासित तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, भेड़ासित एक पाथी, 4 र सातै थुमामा हरेक थुमासित आधा पाथी चढ़ाउनू। 5 साथै तिमीहरूको प्रायश्चित गर्नलाई पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। 6 यी सबै महिना-महिना र दिनदिनका होमबलिहरू र तिनका अन्नबलि र अर्घ-बलिहरूबाहेक होऊन्। यी परमप्रभुको निम्ति मीठो बास्ना हुनलाई तिनका विधिअनुसार आगोद्वारा चढ़ाइएका बलिहरू हुन्। प्रायश्चितका दिन 7 “‘त्यही सातौँ महिनाको दशौँ दिनमा तिमीहरूको एउटा पवित्र सभा होस्। त्यस दिन तिमीहरूले आफू-आफूलाई इन्कार गर्नू, र तिमीहरूले कुनै किसिमको काम नगर्नू। 8 तिमीहरूले परमप्रभुलाई मन पर्ने मीठो बास्ना हुनलाई होमबलिको निम्ति एउटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा चढ़ाउनू। ती सब निष्खोट होऊन्। 9 अनि तिनका अन्नबलिको निम्ति बाछासित तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, भेड़ासित एक पाथी, 10 र सातै थुमामा हरेक थुमासित आधा पाथी चढ़ाउनू। 11 पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ प्रायश्चितको पापबलि र नित्यको होमबलि र त्यसको अन्नबलि अनि तिनका अर्घ-बलिहरूबाहेक चढ़ाउनू। छाप्रो-वासको चाड़ 12 “‘सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूको एउटा सभा होस्, र त्यस दिन तिमीहरूले कुनै दैनिक काम नगर्नू। तिमीहरूले परमप्रभुको निम्ति सात दिनसम्म चाड़ मान्नू। 13 तिमीहरूले परमप्रभुलाई मन पर्ने मीठो बास्ना हुनलाई आगोद्वारा चढ़ाइने होमबलिको निम्ति तेह्र वटा बाछा, दुई वटा भेड़ा, चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट होऊन्। 14 तिनका अन्नबलिको निम्ति तेह्रै वटा बाछामा हरेक बाछासित तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, दुई वटा भेड़ामा हरेक भेड़ासित एक पाथी, 15 र चौधै थुमासित आधा पाथी चढ़ाउनू। 16 साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्यको होमबलि र त्यसको अन्नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू। 17 “‘दोस्रो दिन तिमीहरूले बाह्र वटा बाछा, दुई वटा भेड़ा, चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट होऊन्। 18 तिनका अन्नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्याअनुसार चढ़ाउनू। 19 साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्यको होमबलि, त्यसको अन्नबलि अनि तिनका अर्घ-बलिहरूबाहेक चढ़ाउनू। 20 “‘तेस्रो दिन तिमीहरूले एघार वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट होऊन्। 21 तिनका अन्नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्याअनुसार चढ़ाउनू। 22 साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्यको होमबलि, त्यसको अन्नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू। 23 “‘चौथो दिन तिमीहरूले दश वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट होऊन्। 24 तिनका अन्नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्याअनुसार चढ़ाउनू, 25 साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्यको होमबलि, त्यसको अन्नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू। 26 “‘पाँचौँ दिन तिमीहरूले नौ वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट होऊन्। 27 तिनका अन्नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्याअनुसार चढ़ाउनू। 28 साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्यको होमबलि, त्यसको अन्नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू। 29 “‘छैटौँ दिन तिमीहरूले आठ वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट होऊन्। 30 तिनका अन्नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्याअनुसार चढ़ाउनू। 31 साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्यको होमबलि, त्यसको अन्नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू। 32 “‘सातौँ दिन तिमीहरूले सात वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट होऊन्। 33 तिनका अन्नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्याअनुसार चढ़ाउनू। 34 साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्यको होमबलि, त्यसको अन्नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू। 35 “‘आठौँ दिन तिमीहरूका एउटा पवित्र सभा होस्, र तिमीहरूले कुनै दैनिक काम नगर्नू। 36 तिमीहरूले परमप्रभुलाई मन पर्ने मीठो बास्ना हुनलाई आगोद्वारा चढ़ाउने होमबलिको निम्ति एउटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा चढ़ाउनू। ती सब निष्खोट होऊन्। 37 तिनका अन्नबलि र अर्घ-बलि बाछा, भेड़ा र थुमाहरूको संख्याअनुसार चढ़ाउनू। 38 साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्यको होमबलि, त्यसको अन्नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू। 39 “‘तिमीहरूका भाकल र राजीखुशीका बलिबाहेक तिमीहरूले होमबलि, अन्नबलि, अर्घ-बलि र मेलबलिहरू तिमीहरूका तोकिएका चाड़हरूमा परमप्रभुलाई चढ़ाउनू’।” 40 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार सबै कुरा मोशाले इस्राएलीहरूलाई बताइदिए। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society