Online Bible

- Reklamy -

योनाको पुस्तक 3 - नेपाली नयाँ संशोधित संस्करण


योना निनवेमा गएका

1 तब परमप्रभुको वचन दोस्रो पल्‍ट योनाकहाँ आयो:

2 “त्‍यस ठूलो सहर निनवेमा जा, र म जे समाचार तँलाई दिन्‍छु, सो त्‍यहाँ घोषणा गर्‌।”

3 योनाले परमप्रभुको वचन पालन गरेर निनवेमा गए। अब निनवे एक अत्‍यन्‍तै प्रख्‍यात सहर थियो। त्‍यो हेर्नलाई तीन दिन लाग्‍दथ्‍यो।

4 पहिलो दिन योना सहरभित्र पसे। तिनले यसो भनेर घोषणा गरे, “अबको चालीस दिनमा निनवे नष्‍ट हुनेछ”

5 निनवेका मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे। तिनीहरूले उपवासको घोषणा गरे, र तिनीहरूका ठूला-साना सबैले भाङ्‌ग्रा लगाए।

6 जब त्‍यो खबर निनवेका राजाकहाँ पुग्‍यो, तब उनी आफ्‍नो सिंहासनबाट उठे, उनले आफ्‍नो राजपोशाक फुकाले र भाङ्‌ग्रा लगाएर खरानीमा बसे।

7 तब उनले निनवेमा यसो भन्‍ने घोषणा गरे। “राजाको र भारदारको उर्दीअनुसार: कुनै मानिस वा पशु, गाई-गोरु वा भेड़ाबाख्रा, कसैले केही खानेकुरा नखाओस्, न त केही पिओस्‌।

8 तर मानिस र पशुले भाङ्‌ग्रा लगाऊन्, र परमेश्‍वरमा पुकारा गरून्‌। तिनीहरू आफ्‍ना कुमार्गबाट फर्कून्, तिनीहरूले गर्ने उपद्रव त्‍याग गरून्‌।

9 कसले जान्‍दछ? परमेश्‍वरले मन नरम गर्नुहोला र दया गरेर आफ्‍नो भयानक रीसबाट फर्कनुहोला। यसरी हामी नष्‍ट हुनेछैनौं।”

10 तिनीहरूले के गरे र कसरी तिनीहरू आफ्‍ना कुमार्गबाट फर्केर आए भन्‍ने परमेश्‍वरले देख्‍नुभयो। तब उहाँलाई दया आयो, र तिनीहरूलाई सर्वनाश गर्छु भनी गर्नुभएको धम्‍कीअनुसार उहाँले गर्नुभएन।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy