Online Bible

- Reklamy -

यर्मिया 45 - नेपाली नयाँ संशोधित संस्करण


बारूकलाई सन्देश

1 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमका राजकालको चौथो वर्षमा नेरियाहका छोरा बारूकले यर्मिया अगमवक्ताले लेखाएका वचन एउटा पत्रको मुट्ठोमा लेखिसकेपछि यर्मियाले बारूकलाई भने,

2 “बारूक, परमप्रभु इस्राएलका परमेश्‍वरले तिमीलाई भन्‍नुभएको कुरा यही हो:

3 तैंले भनिस्, ‘धिक्‍कार मलाई! किनकि परमप्रभुले मेरो दु:खमाथि दु:ख थपिदिनुभयो! सुस्‍केरा मार्दा म थाकिसकें, म कतै पनि विश्राम पाउँदिनँ’।”

4 परमप्रभु भन्‍नुहुन्‍छ, “तैंले त्‍यसलाई यसो भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: मैले जे बनाएको छु, त्‍यो म भत्‍काउनेछु। देशभरि नै मैले जे रोपेको छु, त्‍यो म उखेल्‍नेछु।

5 के तँचाहिँ आफ्‍नै निम्‍ति ठूला कुराहरू खोज्‍छस्‌? ती नखोज्‌। किनकि म सबै मानिसहरूमाथि सर्वनाश ल्‍याउनेछु, परमप्रभु भन्‍नुहुन्‍छ, तर तँ जहाँ जान्‍छस्‌ ती सबै ठाउँमा तेरो ज्‍यानसमेत म तँलाई उम्‍कन दिनेछु’।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy