Online Bible

- Reklamy -

यशैयाको पुस्तक 4 - नेपाली नयाँ संशोधित संस्करण

1 त्‍यस दिन सात जना स्‍त्रीहरूले एउटै मानिसलाई समातेर यसो भन्‍नेछन्, “हामी आफ्‍नै भोजन खानेछौं र आफ्‍नै लुगा जुटाउनेछौं, केवल तपाईं हाम्रा पति हुनुहोस्‌। हाम्रो अपमान तपाईंले हटाइदिनुहोस्‌।”


परमप्रभुको हाँगा

2 त्‍यो दिन परमप्रभुको हाँगा फलदायक र महिमित हुनेछ, र इस्राएलका बाँचेकाहरूका निम्‍ति जमिनको फल गर्व र गौरवको हुनेछ।

3 सियोनमा छोड़िएका र यरूशलेममा बाँकी रहेकाहरू, अर्थात्‌ यरूशलेममा बस्‍नेहरू भनी दर्ता भएकाहरू पवित्र कहलाइनेछन्‌।

4 परमप्रभुले सियोनका स्‍त्रीहरूको मैला धुनुहुनेछ, र उहाँले इन्‍साफको आत्‍मा र आगोको आत्‍माद्वारा यरूशलेमबाट रगतका दाग शुद्ध गर्नुहुनेछ।

5 अनि परमप्रभुले सियोन पर्वतमाथि र त्‍यहाँ भेला हुनेहरूमाथि दिउँसो धूवाँको बादल र राती प्रज्‍वलित आगोको चमक सृष्‍टि गर्नुहुनेछ। सबैमाथि महिमा एउटा छत्र हुनेछ।

6 दिनको गर्मीबाट जोगाउने शरण र छाया तथा आँधीबेहरी र वर्षाबाट जोगाउने एउटा आश्रय र लुक्‍ने ठाउँ त्‍यो हुनेछ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy