Online Bible

- Reklamy -

यशैयाको पुस्तक 20 - नेपाली नयाँ संशोधित संस्करण


मिश्रदेश र कूश देशको विरुद्धमा अगमवाणी

1 जुन साल अश्‍शूरका राजा सर्गानको हुकुमअनुसार उनका सर्वोच्‍च सेनापतिले अश्‍दोदमा आएर आक्रमण गरी त्‍यो कब्‍जा गरे,

2 त्‍यस बेला परमप्रभुले आमोजका छोरा यशैयाद्वारा बोल्‍नुभयो। उहाँले तिनलाई यसो भन्‍नुभयो, “जा, तेरो शरीरबाट भाङ्‌ग्रा उतार्‌ र तेरा खुट्टाबाट जुत्ता फुकाल्‌।” अनि तिनले त्‍यसै गरे, र तिनी नाङ्गै र खालि खुट्टा हिँड्‌न लागे।

3 तब परमप्रभुले भन्‍नुभयो, “जसरी मेरो दास यशैया मिश्रदेश र कूश देशको निम्‍ति चिन्‍ह र शकून होस्‌ भनेर तीन वर्षसम्‍म नाङ्गो र खालि खुट्टा हिँड़्यो,

4 त्‍यसरी नै अश्‍शूरका राजाले मिश्रदेशलाई शर्ममा पार्न मिश्रदेशका कैदीहरू र कूश देशबाट निकालिएका जवान र बूढ़ा दुवैलाई नाङ्गो र खालि खुट्टा तथा नाङ्गो चाक भई कैदी बनाएर लानेछन्‌।

5 कूश देशमाथि भरोसा गर्नेहरू र मिश्रदेशमा घमण्‍ड गर्नेहरू डराउनेछन्‌ र लज्‍जित हुनेछन्‌।

6 त्‍यस दिन समुद्रको यस किनारका बासिन्‍दाहरूले भन्‍नेछन्, ‘हेर, अश्‍शूरका राजाबाट बाँच्‍न जस-जसमाथि हामी भर परेका थियौं र जसकहाँ सहायताको निम्‍ति हामी भागेका थियौं, तिनीहरूकै हालत यस्‍तो भएको छ। तब हामी कसरी भाग्‍न सकौंला’?”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy