उत्पत्ति 36 - नेपाली नयाँ संशोधित संस्करणएसावका सन्तान 1 एसाव, अर्थात् एदोमको वृत्तान्त यही हो। 2 एसावले कनानी स्त्रीहरूमध्येबाट पत्नी ल्याए: अर्थात् हित्ती एलोनकी छोरी आदा र हिव्वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा, 3 तथा इश्माएलकी छोरी नबायोतकी बहिनी बासमत। 4 एसावबाट आदाले एलीपजलाई जन्माइन्, र बासमतले रूएललाई जन्माइन्, 5 अनि ओहोलीबामाले येऊश, यालाम र कोरहलाई जन्माइन्। कनान देशमा जन्मेका एसावका छोराहरू यी नै हुन्। 6 आफ्ना पत्नीहरू, छोराछोरीहरू, र तिनको घरका सबै मानिसहरू, गाईबस्तुहरू, र तिनका अरू जम्मै पशुहरू र कनान देशमा प्राप्त गरेका सबै सम्पत्तिहरू लिएर एसाव आफ्नो भाइ याकूबबाट छुट्टिएर अर्को देशमा गए। 7 धेरै धन-सम्पत्ति भएको हुनाले तिनीहरू एकसाथ बस्न सकेनन्। तिनीहरूका गाईबस्तुले गर्दा तिनीहरू बसेका ठाउँबाट तिनीहरूको निर्वाह हुन सकेन। 8 यसकारण एसावले (अर्थात् एदोमले) सेइरको देशमा बसोबास गरे। 9 सेइरको पहाड़ी देशमा एदोमीहरूका पिता एसावको वृत्तान्त यही हो। 10 एसावका छोराहरूका नाउँ यी नै हुन्: एसावकी पत्नी आदाका छोरा एलीपज, र एसावकी पत्नी बासमतका छोरा रूएल। 11 एलीपजका छोराहरू: तेमान, ओमार, सपो, गाताम र कनज। 12 एसावका छोरा एलीपजकी तीम्न नाउँ भएकी एउटी भित्रिनी थिई। एलीपजबाट त्यसले अमालेकलाई जन्माई। एसावकी पत्नी आदाका नातिहरू यी नै हुन्। 13 रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा। एसावकी पत्नी बासमतका नातिहरू यी नै हुन्। 14 एसावकी पत्नी ओहोलीबामा, जो सिबोनकी नातिनी र अनाकी छोरी थिइन्, एसावबाट तिनका यी छोराहरू भए: येऊश, यालाम र कोरह। 15 एसावका सन्तानहरूमध्ये मुख्य-मुख्य यी नै हुन्: एसावका जेठा छोरा एलीपजका छोराहरू: मुखियाहरू तेमान, ओमार, सपो, कनज, 16 कोरह, गाताम र अमालेक। एदोम देशमा एलीपजबाट भएका मुखियाहरू यी नै हुन्। यिनीहरू आदाका नातिहरू हुन्। 17 एसावका छोरा रूएलका छोराहरू: मुखियाहरू नहत, जेरह शम्मा र मिज्जा। एदोम देशमा रूएलबाट भएका मुखियाहरू यी नै हुन्। एसावकी पत्नी बासमतका नातिहरू यी नै हुन्। 18 एसावकी पत्नी ओहोलीबामाका छोराहरू: मुखियाहरू येऊश, यालाम र कोरह। अनाकी छोरी एसावकी पत्नी ओहोलीबामाले जन्माएका मुखियाहरू यी नै हुन्। 19 एसाव, अर्थात् एदोमका छोराहरू यी नै हुन्, र तिनीहरूका मुखियाहरू यिनी हुन्। 20 त्यस देशका बासिन्दा होरी सेइरका छोराहरू यी नै हुन्: लोतान, शोबाल, सिबोन, अना, 21 दीशोन, एसेर र दीशान। एदोमको देशमा सेइरका यी छोराहरू होरी मुखियाहरू हुन्। 22 लोतानका छोराहरू: होरी र हेमान। तीम्न लोतानकी बहिनी थिइन्। 23 शोबालका छोराहरू: अल्बान, मानहत, एबाल, शपो र ओनाम। 24 सिबोनका छोराहरू: अय्या र अना। तिनका बुबा सिबोनका गधाहरू चराउँदा मरुभूमिमा तातो पानीको मूल भेट्टाउने यी नै अना हुन्। 25 अनाका छोराछोरीहरू: दीशोन र अनाकी छोरी ओहोलीबामा। 26 दीशोनका छोराहरू: हेमदान, एश्बान, यित्रान र करान। 27 एसेरका छोराहरू: बिल्हान, जावान र अकान। 28 दीशानका छोराहरू: ऊज र आरान। 29 होरीहरूका मुखियाहरू यी नै हुन्: लोतान, शोबाल, सिबोन, अना, 30 दीशोन, एसेर र दीशान। सेइर देशमा तिनीहरूका खलकअनुसार होरी मुखियाहरू यी नै हुन्। एदोमका राजाहरू 31 इस्राएलका कुनै राजाले राज्य गर्नुभन्दा अगि एदोम देशमा राज्य गर्ने राजाहरू यी नै हुन्: 32 बओरका छोरा बेलाले एदोममा शासन गर्थे। उनको राजधानीको नाउँ दिन्हावा थियो। 33 बेलाको मृत्युपछि बोज्रामा बस्ने जेरहका छोरा योबाबले उनको सट्टामा राज्य गरे। 34 योबाबको मृत्युपछि तेमानीहरूको देशका हूशामले उनको सट्टामा राज्य गरे। 35 हूशामको मृत्युपछि मोआब देशमा मिद्यानलाई जित्ने बददका छोरा हददले उनको सट्टामा राज्य गरे। तिनको राजधानीको नाउँ अवीत थियो। 36 हददको मृत्युपछि मास्रेकामा बस्ने सम्लाले उनको सट्टामा राज्य गरे। 37 सम्लाको मृत्युपछि महानदीका किनारको रहोबोत सहरका शौलले उनको सट्टामा राज्य गरे। 38 शौलको मृत्युपछि अक्बोरका छोरा बाल-हानानले उनको सट्टामा राज्य गरे। 39 अक्बोरका छोरा बाल-हानानको मृत्युपछि हददले उनको सट्टामा राज्य गरे। तिनको राजधानीको नाउँ पाऊ थियो। तिनकी पत्नीको नाउँ महेतबेल थियो। तिनी मत्रेदकी छोरी र मे-जाहाबकी नातिनी थिइन्। 40 एसावबाट भएका मुखियाहरू तिनीहरूका नाउँ, देश र वंशअनुसार यी नै हुन्: तीम्न, अल्वा, यतेत, 41 ओहोलीबामा, एलाह, पीनोन, 42 कनज, तेमान, मिब्सार 43 मग्दीएल र ईराम। तिनीहरूले कब्जा गरेको देशमा तिनीहरूका वासस्थानअनुसार एदोमका मुखियाहरू यी नै हुन्। एदोमीहरूका पुर्खा एसावको वृत्तान्त यही हो। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society