Online Bible

- Reklamy -

उत्पत्ति 10 - नेपाली नयाँ संशोधित संस्करण

1 नोआका छोराहरू शेम, हाम र येपेतको वृत्तान्‍त यही हो। जलप्रलयपछि तिनका पनि छोराहरू जन्‍मे।


येपेतका सन्‍तान

2 येपेतका छोराहरू: गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास।

3 गोमेरका छोराहरू: अशकनज, रीपत र तोगर्मा।

4 यावानका छोराहरू: एलीशाह, तर्शीश, कित्तीम र रोदानीम।

5 यिनीहरूबाट नै समुद्रतटवासीहरू, तिनीहरूका देशभित्र, प्रत्‍येकको आफ्‍नो भाषा र जातिअनुसार फिँजिए।


हामका सन्‍तान

6 हामका छोराहरू: कूश, मिश्रइम, पूत र कनान।

7 कूशका छोराहरू: सेबा, हवीला, सब्‍ता, रामाह, र सब्‍तका। रामाहका छोराहरू: शेबा र ददान।

8 कूश निम्रोदका पिता भए। यिनी नै पृथ्वीका पहिलो शक्तिशाली पुरुष भए।

9 यिनी परमप्रभुको सामु शक्तिशाली शिकारी थिए। यसैले “निम्रोदजस्‍तै परमप्रभुको सामु शक्तिशाली शिकारी” भन्‍ने आहान चलेको छ।

10 उनको राज्यको सुरु बाबेल, एरेक, अक्‍कद र कल्‍नेहबाट भयो, जुन शिनार देशमा छन्‌।

11 त्‍यही देशबाट उनी अश्‍शूरमा गए, र निनवे, रहोबोत-इर र कालह सहरहरू,

12 अनि निनवे र कालहको बीचमा रेसेन सहर बनाए। रेसेनचाहिँ महान्‌ सहर हो।

13 मिश्रइमचाहिँ लूदी, अनामी, लहाबी, नप्‍तूही

14 पत्रुसी, कस्‍लूही (जसबाट पलिश्‍तीहरू निस्‍के) र कप्‍तोरीहरूका पुर्खा थिए।

15 कनान आफ्‍ना जेठा छोरा सीदोन र हेतका पिता भए।

16 कनानबाट हित्ती, यबूसी, एमोरी, गिर्गाशी,

17 हिव्‍वी, अरकी, सिनी,

18 अर्वादी, सेमारी र हमातीहरू उत्‍पन्‍न भए। त्‍यसपछि कनानका वंशहरू जताततै फिँजिए।

19 कनान देशको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्‍म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्‍म थियो।

20 हामका छोराहरू, उनीहरूका वंश र भाषाअनुसार, र उनीहरूका देश र जातिहरू यी नै हुन्‌।


शेमका सन्‍तान

21 येपेतका भाइ शेमका पनि छोराहरू जन्‍मे। शेम एबेरका सबै सन्‍तानका पुर्खा थिए।

22 शेमका छोराहरू: एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम थिए।

23 अरामका छोराहरू: ऊज, हुल, गेतेर र मेशेक थिए।

24 अर्पक्षद शेलहका पिता भए। शेलह एबेरका पिता भए।

25 एबेरका दुई जना छोराहरू जन्‍मे। एउटाको नाउँ पेलेग थियो, किनभने उनकै समयमा पृथ्‍वी अलग-अलग भागमा बाँड़ियो। उनका भाइको नाउँ योक्तान थियो।

26 योक्तान अल्‍मोदद, शेलेप, हसर्मवित, येरह,

27 हदोरम, ऊजाल, दिक्‍ला,

28 ओबाल, अबमाएल, शेबा,

29 ओपीर, हवीला र योबाबका पिता भए। यी सबै योक्तानका छोराहरू थिए।

30 उनको वासस्‍थान मेशादेखि यता पूर्वको पहाड़ी देश सपारा जाने बाटोसम्‍म थियो।

31 शेमका छोराहरू, उनीहरूका वंश र भाषाअनुसार, र उनीहरूका देश र जातिहरू यी नै हुन्‌।

32 नोआका छोराहरूका वंशहरू आ-आफ्‍ना जातिअनुसार यी नै हुन्‌। यीबाट जलप्रलयपछि पृथ्‍वीमा जाति-जाति अलग-अलग भएर जताततै फिँजिए।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy