एस्तर 10 - नेपाली नयाँ संशोधित संस्करणमोर्दकैको महानता 1 राजा अहासूरसले आफ्ना साम्राज्यभरि समुद्रको किनारका देशहरूसम्म कर तिर्न लगाए। 2 राजाका अधिकार र शक्तिका कार्यहरू र तिनले मोर्दकैमाथि बक्सेका सम्मानहरू मादी र फारसका राजाहरूका इतिहासमा लेखिएका छन्। 3 यहूदी मोर्दकै राजादेखि दोस्रो दर्जामुनि थिए। उनी यहूदीहरूमा एक अति गौरवशाली मानिस भए, र आफ्ना स्वदेशी यहूदी दाजुभाइहरूका बीचमा उनी लोकप्रिय भए, किनभने उनले आफ्ना मानिसहरूको हित गरे, र सारा यहूदीहरूका भलाइको निम्ति बोले। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society