Online Bible

- Reklamy -

उपदेशक 11 - नेपाली नयाँ संशोधित संस्करण


पानीमाथि अन्‍न

1 आफ्‍नो अन्‍न पानीमा फालिदेऊ, र धेरै दिनपछि तिमीले त्‍यो फेरि पाउनेछौ।

2 तिमीले सात, आठ जनालाई भाग बाँड़िदेऊ, किनभने तिमी जान्‍दैनौ कस्‍तो विपत्ति देशमा आइपर्नेछ।

3 बादल पानीले पूर्ण भयो भने त्‍यसले जमिनमा पानी बर्साउँछ। रूख दक्षिणमा ढल्‍यो भने पनि अथवा उत्तरमा ढल्‍यो भने पनि त्‍यो जहाँ ढलेको छ त्‍यहीँ नै पड़िरहन्‍छ।

4 बतासको विचार गर्नेले कहिल्‍यै छर्दैन, बादलमा नजर राख्‍नेले कहिल्‍यै कटनी गर्दैन।

5 जसरी तिमीले हावाको चाल कतातिर पुग्‍छ र आमाको गर्भमा शरीर कसरी बनिन्‍छ भनेर जान्‍दैनौ, त्‍यसरी नै सब थोक बनाउनुहुने परमेश्‍वरका हातको कामलाई तिमी बुझ्‍न सक्‍दैनौ।

6 बिहान समयमा नै तिम्रो बीउ छर, र बेलुकी पनि काम गर्न नछोड, किनभने अहिले छरेको अथवा भरे छरेको कुनचाहिँ सफल हुन्‍छ, अथवा दुवै नै राम्रा होलान्‌ भनी तिमी जान्‍दैनौ।


युवावस्‍थामा आफ्‍ना सृष्‍टिकर्ताको सम्‍झना गर

7 उज्‍यालो असल हुन्‍छ। आँखाले घामलाई हेर्न मन पराउँछ।

8 मानिस जति धेरै वर्ष बाँचे तापनि त्‍यो ती सबैमा आनन्‍दित होस्‌। तर त्‍यसले अन्‍धकारका दिनहरूको पनि स्‍मरण गरोस्, किनभने ती धेरै हुन्‍छन्‌। हुन आउने सबै कुराहरू व्‍यर्थ हुन्‌।

9 ए जवान मानिस, युवावस्‍थामा हुँदा खुशी होऊ। तिम्रो हृदयले तिम्रो जवानीमा आनन्‍द देऊन्। तिम्रा आँखाले देखेका कुराहरू र तिम्रो हृदयका कुराहरूलाई पछ्याऊ। तर यो याद राख्‌ कि परमेश्‍वरले यी सबै कुराको लेखा लिनुहुन्‍छ।

10 यसैकारण चिन्‍तालाई तिम्रो हृदयबाट पर राख, र शरीरको दु:खलाई फालिदेऊ, किनभने युवावस्‍था र बल व्‍यर्थ हुन्‌।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy