Online Bible

- Reklamy -

१ इतिहास 8 - नेपाली नयाँ संशोधित संस्करण


बेन्यामीनी शाऊलको वंशावली

1 बेन्‍यामीनचाहिँ जेठा छोरा बेला, माहिला अश्‍बेल, साहिँला अहरह,

2 काहिँला नोहा र कान्‍छा रफाका पिता थिए।

3 बेलाका छोराहरू: अद्दार, गेरा, अबीहूद,

4 अबीशू, नामान, अहोह,

5 गेरा, शपूपान र हुराम।

6 एहूदका सन्‍तान, जो गेबामा बसेका र मानहतमा निर्वासनमा लगिएकाहरूका परिवार-परिवारका मुख्‍य मानिसहरू थिए:

7 नामान, अहियाह र गेरा, जसले नै तिनीहरूलाई निर्वासनमा लगेका थिए। गेराचाहिँ उज्‍जा र अहीहूदका पिता थिए।

8 आफ्‍ना पत्‍नीहरू हुशीम र बारालाई त्‍यागेपछि मोआब देशमा सहरेमका छोराहरू जन्‍मे।

9 आफ्‍नी पत्‍नी होदेशबाट योबाब, सिबिअ, मेशा, मल्‍काम,

10 यूस, साकिया र मिर्मा जन्‍मे। सहरेमका ती छोराहरू परिवार-परिवारका मुख्‍य मानिसहरू थिए।

11 हुशीमबाट अबीतूब र एल्‍पाल जन्‍मिए।

12 एल्‍पालका छोराहरू: एबेर, मिशाम र शेमेद, जसले चाहिँ ओनो र लोदलाई त्‍यसका बस्‍तीहरूसमेत बनाए,

13 अनि बरीआ र शेमा पनि, जसले गातका बासिन्‍दाहरूलाई निकालेर अय्‍यालोनमा बस्‍नेहरूका परिवार-परिवारका मुखियाहरू भएका थिए।

14 अहियो, शाशक, यरेमोत,

15 जबदियाह, आराद, एदेर,

16 मिखाएल, यिश्‍पा र योहाचाहिँ बरीआका छोराहरू थिए।

17 जबदियाह, मशुल्‍लाम, हिज्‍की, हेबेर,

18 यिश्‍मरै, यिज्‍लीअ, र योबाबचाहिँ एल्‍पालका छोराहरू थिए।

19 याकीम, जिक्री, जब्‍दी,

20 एलीएनै, सिल्‍लतै, एलीएल,

21 अदायाह, बरायाह र शिम्रातचाहिँ शिमीका छोराहरू थिए।

22 यिश्‍पान, एबेर, एलीएल,

23 अब्‍दोन, जिक्री, हानान,

24 हनन्‍याह, एलाम, अन्‍तोतियाह,

25 यिपदिया र पनूएलचाहिँ शाशकका छोराहरू थिए।

26 शम्‍शरै, सहर्याह, अतल्‍याह,

27 यारेश्‍याह, एलिया र जिक्रीचाहिँ यरोहामका छोराहरू थिए।

28 यिनीहरू नै आफ्‍नो वंशावलीअनुसार परिवार-परिवारका मुखिया र प्रधानहरू थिए र तिनीहरू यरूशलेममा बस्‍थे।

29 गिबोनका पिता यीएलचाहिँ गिबोनमा बस्‍थे। तिनकी पत्‍नीको नाउँ माका थियो।

30 तिनका जेठा छोरा अब्‍दोन, तिनीपछि सूर, कीश, बाल, नेर, नादाब,

31 गदोर, अहियो, जेकेर, र मिक्‍लोत थिए।

32 मिक्‍लोतचाहिँ शिमाहका पिता थिए। तिनीहरू यरूशलेममा आफ्‍ना कुटुम्‍बहरूका नजिक बस्‍थे।

33 नेरचाहिँ कीशका पिता थिए, कीशचाहिँ शाऊलका पिता थिए, अनि शाऊलचाहिँ जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए।

34 जोनाथनका छोरा: मरीब्‍बाल थिए, जो मीकाका पिता थिए।

35 मीकाका छोराहरू: पीतोन, मेलेक, तारे र आहाज।

36 आहाजचाहिँ यहोअदाका पिता थिए। यहोअदाचाहिँ आलेमेत, अज्‍मावेत र जिम्रीका पिता थिए। जिम्री मोसका पिता थिए।

37 मोसचाहिँ बिनेका पिता थिए। तिनका छोरा रफाह, तिनका छोरा एलासा र तिनका छोरा आसेल थिए।

38 आसेलका छ भाइ छोराहरू थिए, र तिनीहरूका नाम यी नै हुन्‌: अज्रीकाम, बोकरू, इश्‍माएल, शार्याह, ओबदिया र हानान। यी सबै आसेलका छोराहरू थिए।

39 तिनका भाइ एशेकका छोराहरू: जेठा छोरा ऊलाम, माहिला येऊश र कान्‍छा एलीपेलेत।

40 ऊलामका छोराहरू वीर-वीर धनुर्धारीहरू थिए। तिनका धेरै छोराहरू र नातिहरू थिए— जम्‍मा १५० जना। यी सबै बेन्‍यामीनका सन्‍तान थिए।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy