१ इतिहास 7 - नेपाली नयाँ संशोधित संस्करणइस्साखारका सन्तान 1 इस्साखारका छोराहरू: तोला, पूवा, याशूब र शिम्रोन— जम्मा चार जना। 2 तोलाका छोराहरू: उज्जी, रपायाह, यरीएल, यहमै, यिब्साम र शमूएल— तिनीहरूका परिवारका मुखियाहरू। दाऊदको समयमा तोलाका सन्तानमध्येका लड़ाकू मानिसहरूको संख्या २२,६०० थियो। 3 उज्जीका छोरा: यिज्यहि। यिज्यहिका छोराहरू: मिखाएल, ओबदिया, योएल र यिश्याह। यी पाँच जना सबै प्रधान थिए। 4 यसबाहेक तिनीहरूको वंशावलीअनुसार लड़ाकू मानिसहरू ३६,००० थिए, किनभने तिनीहरूका धेरै पत्नीहरू र छोराछोरीहरू थिए। 5 इस्साखारका सबै वंशका कुटुम्बहरूमध्ये तिनीहरूको वंशावलीअनुसार लड़ाकू मानिसहरू ८७,००० थिए। बेन्यामीनका सन्तान 6 बेन्यामीनका छोराहरू: बेला, बेकेर र येदीएल। 7 बेलाका छोराहरू: यसम्बोन, उज्जी, उज्जीएल, यरीमोत र ईरी— जम्मा पाँच जना। तिनीहरू परिवार-परिवारका मुख्य मानिसहरू थिए। तिनीहरूको वंशावलीअनुसार लड़ाकू मानिसहरूको संख्या २२,०३४ थियो 8 बेकेरका छोराहरू: जमीरा, योआश, एलीएजर, एल्योएनै, ओम्री, यरेमोत, अबिया, अनातोत र आलेमेत। 9 यी सबै बेकेरका छोराहरू थिए। तिनीहरूको वंशावलीको सूचीमा परिवार-परिवारका मुखियाहरू र २०,२०० लड़ाकू मानिसहरू लेखिएका थिए। 10 येदीएलका छोरा: बिल्हान। बिल्हानका छोराहरू: येऊश, बेन्यामीन, एहूद, केनाना, जेतान, तर्शीश र अहीशहर। 11 यी सबै येदीएलका छोराहरू आ-आफ्ना परिवारका मुख्य मानिसहरू थिए। युद्धमा जान तयार भएका लड़ाकू मानिसहरूको संख्या १७,२०० थियो। 12 शुप्पी र हुप्पीहरू इरका सन्तान थिए, र हुशीहरू अहेरका सन्तान थिए। नप्तालीका सन्तान 13 नप्तालीका छोराहरू: यहसेल, गुनी, येसेर र शिल्लेम। यी बिल्हाका सन्तानहरू थिए। मनश्शेका सन्तान 14 मनश्शेका सन्तान: अस्रीएल मनश्शेकी अरामी उपपत्नीबाट जन्मेका तिनका सन्तान थिए। तिनले गिलादका पिता माकीरलाई जन्माइन्। 15 माकीरले हुप्पी र शुप्पीहरूकी एउटी केटीलाई विवाह गरे। माकीरकी बहिनीको नाउँ माका थियो। तिनका अर्का सन्तानको नाउँ सलोफाद थियो। सलोफादका छोरीहरू मात्र थिए। 16 माकीरकी पत्नी माकाको एउटा छोरो थियो, जसको नाउँ तिनले पेरेश राखिन्। त्यसका भाइको नाउँ शेरेश थियो, र तिनका छोराहरू ऊलाम र राकेम थिए। 17 ऊलामका छोरा: बदान। माकीरका छोरा, मनश्शेका नाति गिलादका छोराहरू यी नै थिए। 18 तिनकी बहिनी हम्मोलेकेतचाहिँ ईशोद, अबीएजेर र महलाकी आमा थिइन्। 19 शमीदाका छोराहरू: अहियन, शकेम, लिखी र अनीआम थिए। एफ्राइमका सन्तान 20 एफ्राइमका छोराहरू— शूतेहल, तिनका छोरा बेरेद, तिनका छोरा तहत, तिनका छोरा एलादा, तिनका छोरा तहत, 21 तिनका छोरा जाबाद, तिनका छोरा शूतेहल। एफ्राइमका अरू छोराहरू एसेर र एलादलाई चाहिँ गातका मानिसहरूका गाईबस्तुहरू लुटेर लान जाँदा गातका निवासीहरूले मारे। 22 तिनीहरूका पिता एफ्राइमले तिनीहरूका निम्ति धेरै दिनसम्म विलाप गर्दैरहे, अनि तिनका कुटुम्बहरू तिनलाई सान्त्वना दिनलाई आए। 23 त्यसपछि तिनले आफ्नी पत्नीसित सहवास गरे। तिनी गर्भवती भइन् र एउटा छोरा जन्माइन्। त्यसको नाउँ तिनले बरीआ राखे, किनभने तिनको परिवारमा विपत्ति आएको थियो। 24 तिनकी शेराह नाउँ भएकी एउटी छोरी थिइन्, जसले तल्लो र माथिल्लो बेथ-होरोन अनि उज्जेन-शेराह बनाइन्। 25 रपाह आफ्ना छोरा थिए, तिनका छोरा रेशेप, तिनका छोरा तेलह, तिनका छोरा तहन, 26 तिनका छोरा लादान, तिनका छोरा अम्मीहूद, तिनका छोरा एलीशामा, 27 तिनका छोरा नून, तिनका छोरा यहोशू थिए। 28 तिनीहरूका देश र बसोबास गरेका ठाउँहरू बेथेल र त्यसका बस्तीहरू पूर्वमा नारान, पश्चिममा गेजेर र त्यसका बस्तीहरू, र शकेम र त्यसका बस्तीहरू अय्याह र त्यसका बस्तीहरूसम्म पनि थिए। 29 मनश्शेको सिमानामा बेथ-शान, तानाक, मगिछो र डदोर, तिनका बस्तीहरूसमेत थिए। यी नगरहरूमा इस्राएलका छोरा योसेफका सन्तान बस्थे। आशेरका सन्तान 30 आशेरका छोराहरू: यिम्ना, यिश्वा, यिश्वी र बरीआ। तिनीहरूकी बहिनी सेरह थिइन्। 31 बरीआका छोराहरू: हेबेर र मल्कीएल, जो बिर्जेतका पिता थिए। 32 हेबेरचाहिँ यप्लेत, शोमेर र होताम, र तिनीहरूकी बहिनी शूअका पिता थिए। 33 यप्लेतका छोराहरू: पासक, बिम्हाल र अश्वात। यप्लेतका छोराहरू यी नै थिए। 34 शोमेरका छोराहरू: अही, रोहगा, हूब्बा र अराम। 35 तिनका भाइ हेलेमका छोराहरू: सोपह, यिम्न, शेलेश र आमाल। 36 सोपहका छोराहरू: सूह, हर्नेपेर, शूआल, बरी, यिम्राह, 37 बेसेर, होद, शामा, शिल्शा, यित्रान र बीरा। 38 येतेरका छोराहरू: यपुन्ने, पिस्पा र अरा। 39 उल्लाका छोराहरू: आरा, हन्नीएल र रिसिया। 40 यी सबै आशेरका सन्तान, परिवार-परिवारका मुखियाहरू, वीर चुनिएका मानिसहरू, प्रधान अगुवाहरू थिए। तिनीहरूको वंशावलीअनुसार लड़ाकू मानिसहरूको संख्या २६,००० थियो। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society