१ इतिहास 25 - नेपाली नयाँ संशोधित संस्करणगवैयाहरू 1 दाऊद र तिनका सेनापतिहरूले आसापका छोराहरू, हेमानका छोराहरू र यदूतूनका छोराहरूमध्ये कसैलाई वीणा, सारङ्गी र झ्यालीहरूका साथमा अगमवाणी कहने काममा खटाइदिए। यिनीहरूको सूची यस प्रकार थियो: 2 आसापका छोराहरूबाट: जक्कूर, योसेफ, नतन्याह र असरेला। राजाका अधीनमा अगमवाणी बोल्ने आसापको अधीनमा यिनीहरू थिए। 3 यदूतूनका छोराहरूबाट: गदल्याह, सेरी, यशयाह, शिमी, हशब्याह र मत्तित्याह। यी छ जना आफ्ना पिता यदूतूनका अधीनमा थिए, जसले वीणाको साथमा परमप्रभुलाई धन्यवाद र स्तुति गर्दै अगमवाणी बोल्थे। 4 हेमानका छोराहरूबाट: बुक्कियाह, मत्तन्याह, उज्जीएल, शूबाएल, यरीमोत, हनन्याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्बाकाशा, मल्लोती, होतीर र महजीओत। 5 यी सबै राजाका दर्शी हेमानका छोराहरू थिए। यिनीहरू तिनलाई उच्च पार्नका निम्ति परमेश्वरको प्रतिज्ञाहरूद्वारा दिइएका थिए। परमेश्वरले हेमानलाई चौध छोरा र तीन छोरी दिनुभयो। 6 तिनीहरू सबै परमप्रभुको मन्दिरमा आफ्ना पिताहरूको अधीनमा सेवा गर्थे। तिनीहरू झ्याली, सारङ्गी र वीणाद्वारा परमप्रभुका भवनको सेवामा भाग लिन्थे। आसाप, यदूतून र हेमानचाहिँ राजाको अधीनमा थिए। 7 तिनीहरूका कुटुम्बहरूका साथमा सङ्गीतकारहरूको संख्या २८८ थियो। 8 जवान र बूढ़ा, गाउनमा निपुण र सिकारु दुवैले तिनीहरूका कामको निम्ति चिट्ठा हाल्थे। 9 पहिलो चिट्ठा, जो आसापको निम्ति थियो, योसेफ र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा पर्यो— १२ जना। दोस्रो चिट्ठा गदल्याह र तिनका छोराहरू र दाजुभाइहरूको नाउँमा— १२ जना। 10 तेस्रो चिट्ठा जक्कूर र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना। 11 चौथो यिस्री र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना। 12 पाँचौँ नतन्याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना। 13 छैटौँ बुक्कियाहको र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना। 14 सातौँ यसरेला र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना। 15 आठौँ यशयाह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना। 16 नवौँ मत्तन्याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना। 17 दशौँ शिमी र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना। 18 एघारौँ अज्रेल र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना। 19 बाह्रौँ हशब्याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना। 20 तेह्रौँ शूबाएल र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना। 21 चौधौँ मत्तित्याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना। 22 पन्ध्रौँ यरीमोत र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना। 23 सोह्रौँ हनन्याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना। 24 सत्रौँ योश्बाकाशा र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना। 25 अठारौँ हनानी र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना। 26 उन्नाईसौँ मल्लोती र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना। 27 बीसौँ एलीआता र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना। 28 एक्काईसौँ होतीर र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना। 29 बाईसौँ गिद्दलती र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना। 30 तेईसौँ महजीओत र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना। 31 चौबीसौँ रोममती-एजेर र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society