Online Bible

- Reklamy -

१ इतिहास 24 - नेपाली नयाँ संशोधित संस्करण


पूजाहारीहरूका विभाजन

1 हारूनका छोराहरूका विभाजन: हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए।

2 तर नादाब र अबीहूचाहिँ तिनीहरूका पिताको मृत्‍युअघि नै कोही छोराहरू नजन्‍मीकनै मरे। यसैकारण एलाजार र ईतामारले पूजाहारीहरूको काम गर्थे।

3 दाऊदले एलाजारका सन्‍तान सादोक र ईतामारका सन्‍तान अहीमेलेकको परामर्श लिएर तिनीहरूका पूजाहारीहरूका आ-आफ्‍नो जिम्‍मेवारीअनुसार काम गर्नलाई दल बनाइदिए।

4 तिनीहरूका घरानाका मुख्‍य पुरुषहरू ईतामारको भन्‍दा एलाजारको ज्‍यादा भेट्टाइए। त्‍यसकारण एलाजारका सन्‍तानबाट परिवारका सोह्र जना मुखिया र ईतामारका सन्‍तानबाट परिवारका आठ जना मुखियाहरू आ-आफ्‍नो दलमा बाँधिए।

5 तिनले तिनीहरूका बीचमा चिट्ठा हालेर विनापक्षपात दलहरू बनाए, किनकि एलाजार र ईतामार दुवैका सन्‍तानमध्‍ये पवित्रस्‍थानका अधिकारीहरू र परमेश्‍वरका अधिकारीहरू थिए।

6 नतनेलका छोरा शमायाह, जो एक लेवी र शास्‍त्री पनि थिए, तिनले राजा र अधिकारीहरूका सामुन्‍ने पूजाहारीहरूका नाउँ लेखे: सादोक पूजाहारी र अबियाथारका छोरा अहीमेलेक र पूजाहारीहरू र लेवीहरूका परिवार-परिवारका मुखियाहरू, अर्थात्‌ एलाजारका सन्‍तानबाट र ईतामारका सन्‍तानबाट पालोपालो एकएक परिवारको नाउँ तिनले लेखे।

7 पहिलो चिट्ठा यहोयारीबको नाउँमा, दोस्रो यदायाहको,

8 तेस्रो हारीमको, चौथो सोरीमको,

9 पाँचौँ मल्‍कियाहको, छैटौँ मियामीनको,

10 सातौँ हक्‍कोसको, आठौँ अबियाको,

11 नवौँ येशूअको, दशौँ शकन्‍याहको,

12 एघारौँ एल्‍यासीबको, बाह्रौँ याकीमको,

13 तेह्रौँ हुप्‍पाको, चौधौँ येशेबाबको,

14 पन्‍ध्रौँ बिल्‍गाको, सोह्रौँ इम्‍मेरको,

15 सत्रौँ हेजीरको, अठारौँ हप्‍पिसेसको,

16 उन्‍नाईसौँ पतहियाहको, बीसौँ यहेजकेलको,

17 एक्‍काईसौँ याकीनको, बाईसौँ गमूएलको,

18 तेईसौँ दलायाहको र चौबीसौँ माज्‍याहको नाउँमा निस्‍क्‍यो।

19 तिनीहरूका पुर्खा हारूनले यो आदेश परमप्रभु इस्राएलका परमेश्‍वरबाट पाएका थिए। तिनले तोकेको यो विधिअनुसार जब तिनीहरू परमप्रभुको मन्‍दिरमा आफ्‍नो सेवाको काम गर्न जान्‍थे, तब तिनीहरूको सिलसिला यही थियो।


बाँकी लेवीहरू

20 बाँकी लेवीहरूबाट: अम्रामका छोराहरूबाट: शूबाएल। शूबाएलका छोराहरूबाट: येहदयाह।

21 रहब्‍याहका छोराहरूबाट: यिशियाह, जो रहब्‍याहका छोराहरूमध्‍ये जेठा थिए।

22 यिसहारको वंशका शलोमोत। शलोमोतका छोराहरूबाट: यहत।

23 हेब्रोनका छोराहरू: यरियाहचाहिँ जेठा, दोस्रा अमर्याह, तेस्रा यहासेल, चौथा यकमाम।

24 उज्‍जीएलका छोराहरू: मीका। मीकाका छोराहरूबाट: शामीर। मीकाका भाइ यिश्‍याह।

25 यिश्‍याहका छोराहरूबाट: जकरिया।

26 मरारीका छोराहरू: महली र मूशी। यजियाहका छोरा बनो।

27 मरारीका छोराहरू: यजियाहबाट: बनो, शोहम, जक्‍कूर र इब्री।

28 महलीबाट: एलाजार, जसका कोही छोराहरू थिएनन्‌।

29 कीशबाट: कीशका छोरा यरहमेल।

30 अनि मूशीका छोराहरू: महली, एदेर र यरीमोत। लेवीहरू आ-आफ्‍ना परिवारअनुसार यी नै थिए।

31 राजा दाऊद, सादोक, अहीमेलेक, अनि पूजाहारी र लेवीका मुखियाहरूको उपस्‍थितिमा आफ्‍ना कुटुम्‍ब हारूनका सन्‍तानहरूले गरेझैँ यिनीहरूले पनि चिट्ठा हाले।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy