जकरिया 4 - पवित्र बाइबलसुनौलो सामदान अनि दुइवटा भद्राक्षेका रूखहरू 1 तब मसित कुरा गरिरहेको स्वर्गदूत मकहाँ फर्केर आए अनि उनले मलाई निन्द्राबाट जगाए झैं जगाए। 2 तब स्वर्गदूतले सोधे, “तिमी के देख्दैछौ?” मैले भनें, “म सुनको एउटा सामदान देख्दैछु, त्यो सामदानमा सातवटा बत्ती छन् अनि त्यसको माथिल्लो भागमा एउटा प्याला छ। प्यलाबाट सातवटा नलीहरू निक्लिँदैछन्, प्रत्येक दिशातिर बत्ती जाँदैछन्, त्यो तेल हरेक दियोको प्याला सम्म जाँदै छन्। 3 त्यहाँ दुइवटा भद्राक्षका रूख प्यालाको छेउमा थिए। एउटा दाहिनेपट्टि अनि अर्को देब्रेपट्टि, यी रूखहरूले दिपहरूको निम्ति तेल उत्पन्न गर्थे।” 4 तब मैले त्यो स्वर्गदूतलाई सोधें जो मसित कुरा गरिरहेका थिए, “महोदय यी सबको अर्थ के होला?” 5 मसँग कुरा गरिरहेका स्वर्गदूतले भने, “के तिमीलाई थाहा छैन यो सब चिज के हुन्?” मैले भनें, “थाहाछैन महाशय।” 6 तब उनले मलाई भने, “यो समचार परमप्रभुबाट यरूबाबेललाई दिनुभएको हो, ‘तिम्रो सहाएता अनि तिम्रो बल अनि शक्तिबाट आउँदैन तर सहायता मेरो आत्माबाट आउँनेछ।’ सर्वशक्तिमान परमप्रभुले भन्नुभयो। 7 त्यो अग्लो पर्वत यरुबाबेलका निम्ति समतल भूमि जस्तै हुनेछ, त्यहाँ मन्दिर बनिने छ। जब अन्तिम ढुङ्गा त्यहाँ राखिनेछ तब मानिसहरू चिच्याएर कराउँनेछन्, ‘सुन्दर! अति सुन्दर।’” 8 तब परमप्रभुको समचार मकहाँ यसो भन्दै आयो, 9 “यरूबाबेलले मन्दिरको जग बसाल्नेछ अनि यरूबाबेलले नै निर्माण गरिसक्नेछ। तब तिमीहरूले बुझ्नेछौ कि परमप्रभुले मलाई तिमीहरू कहाँ पठाउनु भएको हो। 10 मानिसहरू त्यो साधरण आरम्भबाट लज्जित हुने छैनन्, अनि उनीहरू साँच्चै नै प्रशन्न हुनेछन्। जब उनीहरू यरूबाबेलले बनाएको मन्दिर साहुलले नाप्दै जाँच गर्दै गरेको देख्नेछन्। यसकारण पत्थरहरू जुन तिमीले देख्यौ ती परमप्रभुको आँखाहरू हुन्, जुन आँखाले हर दिशामा देखिरहनु भएको छ। उहाँले पृथ्वीका सबै थोकहरू देख्नुहुन्छ।” 11 त्यसपछि मैले उनलाई भनें, “समादानको दाहिने अनि देब्रेपट्टि भएका ती दुइवटा भद्राक्षको बोटहरूले के अर्थ बुझाउँछ?” 12 मैले उनलाई यो पनि सोधें, “दुइवटा भद्राक्षको हाँगाको अर्थ के हो? जो दुइवटा सुनका नलिको छेऊ सुनको रंगको तेलसँग छ।” 13 तब स्वर्गदूतले मलाई भने, “के तिमीलाई थाहा छैन यो चिजको अर्थ के हो?” मैले भनें, “छैन महाशय।” 14 यसकारण उनले भने, “यो ती दुइ मानिसको प्रतिक हो, जुन सारा संसारमा परमप्रभुको सेवाका निम्ति चुनिएका छन्।” |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International