जकरिया 3 - पवित्र बाइबलप्रधान पूजाहारीको बारेमा दर्शन 1 त्यसपछि स्वर्गदूतले मलाई प्रधान पूजाहारी यहोशू देखाए। यहोशू परमप्रभुको स्वर्गदूतको सामुन्ने उभिरहेका थिए अनि शैतान यहोशूको दाहिने पट्टि उभिरहेको थियो। शैतान त्यहाँ यहोशूलाई दोष लगाउन उभिरहेको थियो। 2 त्यससमय परमप्रभुका स्वर्गदूतले भने, “ए शैतान परमप्रभुले तँलाई हप्काउन्। परमप्रभुले तँलाई अपराधी घोषित गरुन्। परमप्रभुले यरूशलेमलाई आफ्नो विशेष शहर चुन्नु भएकोछ। यो एउटा जल्दै गरेको आगोबाट निकालिएको अगुल्टो होइन र?” 3 यहोशू स्वर्गदूतको छेउमा उभिएको थियो अनि यहोशूले मैला लुगा लगाएको थियो। 4 त्यतिबेला स्वर्गदूतले उसको छेउमा उभिएका अरू स्वर्गदूतहरूलाई भने, “यहोशूको मैला लुगा खोलिदेऊ।” तब स्वर्गदूतले यहोशूसँग कुरा गरे। उसले भने, “हेर मैले तिम्रो अपराधहरू टाढा गरिदिएँ अनि म तिमीलाई नयाँ लुगा लगाउन दिइरहेछु।” 5 त्यसपछि मैले भनें, “त्यसको शिरमा एउटा नयाँ फेटा बाँधिदेऊ।” यसकारण तिनीहरूले उसको टाउको वरिपरि नयाँ फेटा बाँधिदिए। जतिबेला स्वर्गदूत उसको नजिक उभिइरहेका थिए, तिनीहरूले उसलाई नयाँ लुगा लगाई दिए। 6 त्यसपछि परमप्रभुका स्वर्गदूतले यहोशूसँग यसो भनेः 7 सर्वशक्तिमान परमप्रपभुले यी सबै कुरा भन्नुभयो: “यदि तिमीले मैले भने जस्तै गरी बस्यै अनि मेरो सेवा गर्यौ भने, तिमीले मेरो मन्दिरमा न्याय गर्नेछौ। तिमीले यसको आँगनको हेरचाह गर्नेछौ अनि म तिमीलाई यहाँ उभिरहेका स्वर्गदूतलाई झैं स्वतन्त्रसित हिंडडुल गर्नेदिनेछु। 8 प्रधान पूजाहारी यहोशू, सुन्। तिमी अनि तिम्रा साथीहरू जो तिम्रो अघि बसिरहेकाछन्, चिन्ह हौ। अनि म मेरो दासलाई पनि ल्यउँदैछु। उसलाई, ‘हाँगा’ भनिन्छ। 9 हेर! मैले एउटा ढुङ्गा यहोशूको छेउमा राखें। त्यस ढुङ्गाको सातवटा आँखाहरूछन् अनि म त्यस ढुङ्गामा बिशेष समचार खोप्नेछु, म एकै दिनमा यो भूमिका सबै पापहरू निकालिदिनेछु।” 10 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “त्यस दिन प्रत्येक मानिसले तिनीहरूको छिमेकिहरूलाई तिनीहरूको दाखको बोट मुनि अनि नेभाराको बोट मुनि शान्ति र आनन्दले बस्नका निम्ति बोलाउनेछन्।” |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International