जकरिया 2 - पवित्र बाइबलयरूशलेमलाई नाप्ने मानिसको दर्शन 1 तब मैले माथि हेरें अनि एउटा मानिसलाई नाप्ने फिता लिएको देखें। 2 मैले उसलाई सोधें, “तपाईं कहाँ जाँदै हुनुहुन्छ?” उसले मलाई उत्तर दिए, “म यरूशलेम नाप्न जाँदैछु, त्यसको लम्बाई र चौंडाई कति छ?” 3 त्यस समय मसित कुरा गरिरहेका स्वर्गदूत बाहिर गए अनि अर्को एकजना स्वर्गदूत उसित कुरा गर्न गए। 4 उनले तिनलाई भनें, “कुदेर जाऊ अनि त्यो जवान मानिसलाई भन्: “‘यरूशलेम पर्खाल बिनाको शहर हुनेछ। किनभने त्यहाँ असंख्य मानिसहरू र पशुहरू बस्छन्।’ 5 परमप्रभु भन्नुहुन्छ, ‘म रक्षाको लागि यसको वरिपरि आगोको पर्खाल हुनेछु, म तिमीहरूको महिमा हुनेछु।’” परमप्रभु भन्हुन्छ, परमेश्वरले मानिसहरूलाई घरमा बोलाउनु हुन्छ 6 “छिट्टो उठ! अनि उत्तर देश छोड छिट्टो गर! जहाँ मैले तिमीहरूलाई सबै देशहरूमा छरपष्ट पारें। 7 हे सियोनका मानिसहरू! जो बाबेलमा कैदीछौ, दगुर!” 8 सर्वशक्तिमान परमप्रभुले यसो भन्नु भयो। “उहाँले मलाई त्यस देशको बिरुद्ध पठाउँनु भएको छ जसले तिमीलाई लगे। किनभने यदि उसले तिमीलाई चोट पुरायो भने परमप्रभुको आँखाको नानीमा चोट पुराए झैं हुनेछ। 9 अनि म ती मानिसहरूको बिरूद्ध अफ्नो हातहरू उठाउँछु। तिनीहरूका दासहरूले सम्पत्ति लिनेछन्।” तब तिमीले सम्झनेछौ, सर्वशक्तिमान परमप्रभुले मलाई यहाँ पठाउँनु भएको हो। 10 परमप्रभु भन्नुहुन्छ, “आनन्दपूर्ण भई कराऊ अनि खुशी होऊ, सियोन। किनकि म आउँदैछु अनि तिमीहरूको बिचमा रहनेछु। 11 त्यससमय धेरै जातिका मानिसहरू परमप्रभु कहाँ आउँनेछन्, अनि तिनीहरू मेरा मानिस हुनेछन्। म तिमीहरूको बीचमा बस्नेछु। अनि तिमीहरूले जान्नेछौ कि सर्वशक्तिमान परमप्रभुले मलाई तिनीहरूकहाँ पठाउनु भएको हो।” 12 परमप्रभुले यरूशलेमलाई फेरि आफ्नो शहर बनाउनु हुनेछ, अनि यहूदाको पवित्र भूमि उहाँको भाग हुनेछ। 13 तिमी सबै मानिसहरू परमप्रभुको सामुन्ने चूपचाप बस! आफ्नो पवित्र घरबाट परमप्रभु बाहिर आउनु हुँदैछ। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International