श्रेष्ठगीत 6 - पवित्र बाइबलयरूशलेमका स्त्रीहरू ऊ सित बोल्छन् 1 हे सुन्दरी स्त्री, भन तिम्रा प्रेमी कहाँ गएका छन्? भन तिनी कुन बाटो गएका छन्? ताकि हामी उहाँको खोजीगर्न तिमीलाई सहायता गर्न सकौं। यरूशलेमका स्त्रीहरूलाई तिनी उत्तर दिन्छिन् 2 मेरो प्रेमी आफ्नो बगैंचामा जानुभएको छ। उहाँ बगैंचालाई हेर्न र त्यहाँबाट लिलीहरू बटुल्न जानु भएको छ। 3 म मेरा प्रेमीकी हुँ र उहाँ मेरो प्रेमी हुनुहुन्छ। उहाँ लिली फूलको बगैंचामा डुल्नु हुन्छ। उनी सित ऊ बोल्छ 4 तिमी तिर्सा जस्तै सुन्दरी छौ, तिमी यरूशलेम जस्तै आकर्षक छौ। तिमी एउटा झण्डा बोक्ने डरलाग्दो सेना झैं सहासी छौ। 5 तिम्रा आँखाहरूले मलाई अति उत्तेजित बनाउँछन्। अनि तिम्रो केश लामो र घुम्रिएको छ। गिलाद पर्वतबाट तलतिर ओर्लदै गरेका बाख्राहरूको बगाल झैं। यसर्थ तिमीले मलाई नहेर। 6 तिम्रो दाँतहरू नुहाएर निस्केका र कत्रन तयार रहेका भेंडा़हरू जस्तै छन्। तिनीहरू सबै जुम्ल्हा पाठाहरू जन्माए अनि तिनीहरू मध्ये एउटा पनि गुमाएनन्। 7 घुम्टो मित्र तिम्रा ती कनपटहरू एस्ता छन् कि जस्ता दारीमका फ्याकलाहरू हुन्। 8 उहाँका साठ्ठी रानीहरू छन् अनि अस्सी रखौटीहरू अनि अनगन्ती नयाँ तरूणीहरू छन्। 9 तर त्यहाँ मेरो ढुक्कुरको निम्ति एउटै स्त्री छन्, मेरो सम्पूर्णता जुन आमाले तिनलाई जन्माइन्, ती आमाकी प्रसिद्ध नानी, जवान स्त्रीहरूले देखेर प्रशंसा गरे, अनि रानीहरू र रखौटीहरूले पनि तिनको प्रशंसा गरे। स्त्रीहरूले उसको प्रशंसा गर्छन् 10 ती कन्या स्त्री को हुन्? अरूणोदय झैं चम्कन्छिन् जुनझैं सुन्दरी छिन्। तिनी घामझैं चहकिली छिन् तिमी एउटा झण्डा बोक्ने डरलाग्दा सेनाझैं साहासी छौ। ऊ उनीसित बोल्छन् 11 म तल ओखरको बगैंचा तिर गएँ बेंसीहरूको फल हेर्न दाखहरू फूल्यो कि भनेर हेर्न दारिमले कोपीलाहरू लगायो कि भनेर हेर्न गएँ। 12 तिनले मलाई मेरा मानिसहरूको सब भन्दा राम्रो रथमा चढ्न मन्जुरी दिएको अनुभव गरें। यरूशलेमका स्त्रीहरूले तिनलाई बोलाए 13 हे शूलम्मेनी फर्केर आऊ, फर्केर आऊ, फर्केर आऊ ताकि हामी तिमीलाई हेर्न सक्छौं, किन तिमीहरूले शूलम्मेनीलाई, सेनाहरूको युद्ध छाउनीमा नर्तकीलाई झैं हेरिरहेका छौ! |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International