भजनसंग्रह 4 - पवित्र बाइबलप्रमुख संगीतकारको लागिः तार भएको बाजासहित (वीणा-वाद्य) दाऊदको भजन। 1 हे मेरो धार्मिक परमेश्वर, जब म प्रार्थना गर्दछु मलाई जवाफ दिनुहोस्। मेरो प्रार्थना सुन्नुहोस् र ममाथि कृपा राख्नु होस्! मेरो सम्पूर्ण कष्टहरूदेखि मलाई मुक्ति दिनुहोस्! 2 हे मानिसहरू हो! मेरो विषयमा कहिलेसम्म दुष्ट कुराहरू गरिरहन्छौ? मेरो विषयमा तिमीहरूले फेरि नयाँ झूटा कुराहरू खोजिरहेका छौ। त्यस्ता झूटा कुराहरू भन्न गर्न तिमीहरू मन पराउँछौ। 3 तिमीहरूलाई थाहा छ परमप्रभुले आफ्ना धार्मिक मानिसहरूको कुरा सुन्नु हुन्छ। यसकारण जब म प्रार्थना गर्दछु उहाँले सुन्नु हुन्छ। 4 यदि तिमीहरूलाई केही कुराले विरक्त पार्दा रीस उठ्न सक्छ, तर पाप चाँहि नगर। जब तिमी सुत्न जान्छौ तब ती कुराहरू सोच र निदाऊ। 5 परमप्रभुलाई पवित्र बलिदानहरू चढाऊ, र उहाँमा भरोसा राख। 6 धेरै मानिसहरूले भन्छन्, “हामीलाई कसले परमेश्वरको भलाई देखाऊला?” हे परमप्रभु, तपाईंको प्रज्वलित अनुहार हामीलाई देखाउनु होस्! 7 हे परमप्रभु, तपाईंले मलाई खुशी बनाउनु भयो। तपाईंले मलाई अन्न बाली काट्ने उत्सव भन्दा पनि ज्यादा खुशी दिनु भयो। जब हामीसँग प्रचुर मात्रमा अन्न र दाखरसहरू थिए। 8 जब म ओछ्यानमा जान्छु र मस्तसँग निदाउँछु। किनभने, परमप्रभुले मलाई सुरक्षित निदाउँन दिनुहुन्छ। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International