Online Bible

- Reklamy -

भजनसंग्रह 30 - पवित्र बाइबल


मन्दिर समर्पणकोलागि दाऊदको एउटा भजन।

1 हे परमप्रभु, तपाईंले मलाई मेरो सङ्कटहरूबाट माथि उठाउनु भयो। तपाईंले मेरो शत्रुहरूलाई जित्न दिनु भएन र मप्रति हाँसो उडाउन दिनु भएन। यसैले तपाईं प्रति म सम्मान जनाउँदछु।

2 हे परमप्रभु, मेरो परमेश्वर, मैले तपाईंलाई प्रार्थना गरें र मलाई निको पार्नु भयो।

3 तपाईंले मलाई चिहानबाट निकाल्नु भयो र बाँच्न दिनुभयो। मैले खाडलमा लडिरहेका मृतकहरूसित मिल्नु परेन।

4 हे परमेश्वरका भक्तजनहरू, परमप्रभु प्रति भजन गाऔ! उहाँको पवित्र नाउँको प्रशंसा गर!

5 परमेश्वर क्रोधित हुनुहुन्थ्यो यसर्थ निर्णय “मृत्यु” हुन गयो। तर उहाँले आफ्नो प्रेम दर्शाउनु भयो र मलाई “जीवनदान” दिनुभयो। म राती रोइरहें, अर्को बिहान म खुशी थिएँ र गाइरहेथें!

6 जब म जोगिएँ र सुरक्षित भएँ, सोचें केही कुरोले पनि मलाई कष्ट पुर्याउन सक्ने छैन!

7 हे, परमप्रभु जब तपाईं मप्रति कृपालु हुनुहुन्थ्यो मैले अनुभव गरें कसैले पनि मलाई पराजित गर्न सक्ने छैन! जब तपाईंले मबाट मुख फर्काएर जानुभयो, म डराएँ र कामे।

8 यसर्थ परमेश्वर, म फर्कें अनि तपाईंसँग प्रार्थना गरें। मैले तपाईंलाई दयाको बिन्ती गरें।

9 मैले भने, “परमेश्वर के यदि म मरें, अनि चिहानभित्र गएँ भने राम्रो हुन्छ र? मरेका मानिसहरू खाली धूलोभित्र पल्टिएर बस्छन्! तिनीहरूले तपाईंको प्रशंसाहरू गाउँदैनन्। कतिसम्म हामी तपाईंमाथि निर्भर हुनसक्छौं। तिनीहरूले मानिसहरूलाई भन्दैनन्।

10 हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् र मप्रति कृपादृष्टि राख्नुहोस्! हे परमप्रभु, मलाई साथ दिनुहोस्!”

11 मैले प्रार्थना गरें र तपाईंले साथ दिनुभयो! तपाईंले मेरो रूवाइलाई नाचमा बद्ली दिनुभयो। तपाईंले मेरो उदासीनताका पोशाकहरू फुकालेर लैजानु भयो र खुशीयालीले मलाई ढाकिदिनु भयो।

12 हे परमप्रभु, मेरो परमेश्वर, म सदासर्वदा तपाईंको स्तुति गाउनेछु यसकारण त्यहाँ कहिल्यै निस्तब्ध हुनेछैन, अनि म सधैँ तपाईंको प्रशंसा गर्छु।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy