भजनसंग्रह 3 - पवित्र बाइबलयो आफ्ना छोरो अब्शालोम देखि भागेर जाँदा दाऊदको भजन हो। 1 हे परमप्रभु, मेरा शत्रुहरू धेरै छन्। धेरै मानिसहरू मेरो विरूद्ध उभिएका छन्। 2 धेरै मानिसहरूले मेरो विषयमा कुरा गर्छन्। तिनीहरू भन्छन्, “परमेश्वरले उसलाई बचाउनु हुन्न।” 3 तर, हे परमप्रभु, तपाईं मेरो ढाल हुनुहुन्छ। परमप्रभु तपाईं मेरो आदर हुनुहुन्छ। तपाईंले मलाई महान् बनाउनु भयो। 4 म परमप्रभुलाई प्रार्थना गर्नेछु र उहाँले मलाई आफ्नो पवित्र-पर्वतबाट उत्तर दिनुहुनेछ। 5 म ढल्केर आराम गर्न सक्छु, अनि जान्दछु म उठ्ने छु। किनभने परमप्रभुले मलाई ढाक्नु र रक्षा गर्नुहुन्छ! 6 मेरो वरिपरि हजारौं सिपाहीहरू हुन सक्लान्, तर म ती शत्रुहरूदेखि डराउने छैन! 7 हे परमप्रभु, उठ्नु होस्! हे मेरा परमेश्वर, मलाई बचाउनुहोस्! यदि तपाईंले मेरो दुष्ट शत्रुहरूको गालामा हिर्काउनु मात्र भयो भने तपाईंले तिनीहरूका सबै दाँत झारि दिनु हुनेछ। 8 हे परमप्रभु, विजय तपाईंको हो! आफ्ना मानिसहरू प्रति कल्यानकारी हुनुहोस्। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International