भजनसंग्रह 29 - पवित्र बाइबलदाऊदको भजन। 1 परमेश्वरका सन्तान हो, परमप्रभुको प्रशंसा गर। उहाँको महिमा र शक्तिको प्रशंसा गर। 2 परमप्रभुको स्तुति गरौं र उहाँको नाउँको सम्मान गरौं। आफ्ना खास पोशाक लगाएर उहाँको उपासना गरौं। 3 परमप्रभुले आफ्ना आवाज समुद्रमाथि उठाउनु हुन्छ। मेघको गर्जन समुद्रमाथि प्रतिध्वनि हुन्छ, यही नै महिमापूर्ण परमप्रभुको आवाज हो। 4 परमप्रभुको आवाजले उहाँको शक्ति बुझाउँछ। उहाँको आवाजले आफ्नो महिमा दर्शाउँछ। 5 परमप्रभुको आवाजले देवदारका रूखहरू पनि टुक्रा-टुक्रा पारेर भाँच्छ। परमप्रभुले लबनोनका ठूला-ठूला देवदारूको रूखहरू भाँच्नु हुन्छ। 6 परमप्रभु लबनोनलाई हल्लाउनु हुन्छ। यो सानो साँढे उफ्रिरहेको झैं देखिन्छ। सिरिओन हल्लिन्छ। त्यो सानो पाठो नाच्दै गरे झैं देखिन्छ। 7 परमप्रभुको आवाज बिजुलीको चमकसित हावाबाट बाहिरिन्छ। 8 परमप्रभुको आवाजले मरुभूमि पनि चम्काई दिन्छ। कादेशको मरुभूमिलाई परमप्रभुको आवाजले थर्काई दिन्छ। 9 परमप्रभुको आवाजले मृगलाई भयभीत पारिदिछ। परमप्रभुले जंङ्गलहरू ध्वंश पारिदिनु हुन्छ; तर उहाँको दरबारमा, मानिसहरू “महिमा” गाउँछन्। 10 जम्मै बाढी आएको बेलामा परमप्रभु राजा हुनुहुन्थ्यो अनि सदा-सर्वदको लागि राजा नै हुनुहुनेछ। 11 परमप्रभुले उहाँका मानिसहरूलाई सुरक्षा गरून्। परमप्रभुले आफ्ना मानिसहरूलाई शान्तिको आशीर्वाद दिऊन्। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International