भजनसंग्रह 24 - पवित्र बाइबलदाऊदको भजन। 1 पृथ्वी र त्यसमा भएका सबै थोकहरू परमेश्वरका सम्पत्ति हुन्। यो संसार र यसका सबै मानिसहरू उहाँकै सम्पत्ति हुन्। 2 परमप्रभुले पानीमाथि पृथ्वी बनाउनु भयो उहाँले यसलाई नदीहरूमा बसाउनु भयो। 3 परमप्रभुको पर्वतमाथि को जान सक्छ? उठेर परमप्रभुको पवित्र मन्दिरमा उपासना गर्न को सक्छ? 4 मानिसहरू जसले पाप कर्महरू गरेका छैनन् मानिसहरू जसका शुद्ध हृदयहरू छन्। मानिसहरू जसले सत्य भनेर झूट बोल्नलाई मेरो नाउँ प्रयोग गरेका छैनन्। अनि जसले झूटो बोलेनन् र झूटा कसमहरू खाएका छैनन्, तिनीहरूले मात्र त्यहाँ उपासना गर्न सक्छन्। 5 असल मानिसहरूले मात्र अन्य मानिसहरूलाई पनि आशीर्वाद दिइयोस् भनी परमप्रभुलाई प्रार्थना गर्छन्। ती असल मानिसहरूले आफ्ना परमेश्वर, आफ्ना उद्धारकलाई असल कुराहरू गरिदिनु होस् भनी याचना गर्छन्। 6 ती असल मानिसहरूले परमेश्वरलाई पछ्याउने कोशिश गर्दछन्। तिनीहरू सहयोग माग्न याकूबका परमेश्वर कहाँ जान्छन्। 7 हे मूल प्रवेश-द्वारहरू आफ्ना टाउकाहरू उठाऊ। सनातनका द्वारहरू, खोल, अनि महिमापूर्ण राजा भित्र आउनु हुनेछ। 8 महिमाका महाराज को हुनुहुन्छ? परमप्रभु नै ती राजा हुन्, उहाँ शक्तिशाली सिपाही हुनुहुन्छ। परमप्रभु उही राजा हुनुहुन्छ, उहाँ पराक्रमी हुनुहुन्छ। 9 हे मूल प्रवेश-द्वारहरू, आफ्ना टाउकाहरू उठाऊ। सनातनका द्वारहरू खुल्ला होऊ, र महिमापूर्ण महाराजा भित्र आउनु हुनेछ। 10 यो महिमाका महाराजा को हुनुहुन्छ? सर्वशक्तिमान् परमप्रभु नै महाराजा हुनुहुन्छ, उहाँ नै महिमाका राजा हुनुहुन्छ। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International