भजनसंग्रह 149 - पवित्र बाइबल1 परमप्रभुको प्रशंसा गर। परमप्रभुले रच्नु भएको नयाँ कुराहरूको बारेमा नयाँ गीत गाऊ! महासभामा उहाँको प्रशंसा गर जहाँ उहाँका चेलाहरू आपसमा भेला हुँदछन्। 2 इस्राएल का मानिसहरूले आफ्नो सृष्टिकर्तामा आनन्दित होऊन्। सियोनका मानिसहरू आफ्ना राजा सहित प्रफुल्लित होऊन्। 3 ती मानिसहरूले नाच्दै खैंजडी र वीणाहरू बजाँउदै, परमप्रभु परमेश्वरको प्रशंसा गरून्। 4 परमप्रभु उहाँका मानिसहरूसँग खुशी हुनुहुन्छ। परमेश्वरले आफ्ना नम्रहरूको लागि आश्चर्यजनक कामहरू गर्नुभयो। उहाँले तिनीहरूलाई बचाउनु भयो! 5 हे परमेश्वरका चेलाहरू! आफ्नो विजयमा प्रफुल्लित होऊ। सुत्न गइसके पश्चात् पनि खुसी होऊ। 6 मानिसहरूले चिच्याउँदै, कराउँदै परमप्रभुको प्रशंसा गरून् अनि आफ्ना तरवारहरू हातमा लिऊन्। 7 आफ्ना शत्रुहरूलाई सजाई दिन तिनीहरूलाई जान देऊ। ती मानिसहरूलाई दण्ड दिन, तिनीहरूलाई जान देऊ। 8 परमेश्वरका मानिसहरूले ती राजा, र प्रमुख मानिसहरूलाई साङ्गलाले बाँध्नेछन्। 9 परमेश्वरका मानिसहरूले तिनीहरूलाई दण्ड दिनेछन् परमेश्वरले गर्नु भएको आज्ञा जस्तै, परमेश्वरका सारा भक्तजनहरूले उहाँलाई सम्मान गर। परमप्रभुको प्रशंसा गर! |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International