भजनसंग्रह 142 - पवित्र बाइबलयो उनी ओडारमा हुँदा खेरीको भजन। दाऊदको “मस्किल” भन्ने प्रार्थना। 1 म परमप्रभुलाई मेरो सहयोगको लागि पुकार्दछु। म परमप्रभुलाई पुकार्दछु। 2 म आफ्ना समस्याहरू परमप्रभुलाई भन्नेछु। म आफ्ना संकष्टहरू परमप्रभुलाई भन्नेछु। 3 मेरो शत्रुहरूले मेरो लागि पासोहरू थापे। म त्याग्न तयार छु। तर परमप्रभुले मप्रति के हुनु भन्ने कुरा जान्नु हुन्छ। 4 मैले वरिपरि हेरें, अनि म मेरो कुनै पनि साथीहरूलाई हेर्दै हेर्दिनँ। मेरो भाग्ने ठाउँ कतै छैन। कसैले पनि मलाई बचाउँने प्रयास गर्दैन। 5 यसैले म परमप्रभुको साथ पाउनलाई रोइ-कराई गर्दछु। हे परमप्रभु, तपाईं मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ। परमप्रभु, तपाईं मलाई अनवरत बाँच्न दिनुहोस्। 6 परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्, मलाई तपाईंको अति खाँचो छ। मलाई खेदने ती मानिसहरूबाट बचाउँनुहोस्, तिनीहरू मभन्दा पनि बलिया छन्। 7 मलाई यस फन्दाबाट छुटकारा पाउनलाई सहायता दिनुहोस्, ता कि म तपाईंको नाउँको प्रशंसा गर्न सकुँ, अनि धर्मी मानिसहरू मसँग मिलेर उत्सव मनाउने छन्। किनभने तपाईंले मलाई हेरचाह गर्नुहुन्छ। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International