Online Bible

- Reklamy -

भजनसंग्रह 141 - पवित्र बाइबल


दाऊदको स्तुति-गान।

1 हे परमप्रभु, मैले तपाईंलाई गुहार मागें। मेरो प्रार्थना सुनि दिनुहोस्। चाँडो आएर मलाई साथ दिनुहोस्।

2 परमप्रभु, मेरो प्रार्थना स्वीकार गर्नुहोस्, यो जलिरहेको धूपको उपहार जस्तो होस् यो साँझको बेलाको बलिदान जस्तो होस्।

3 हे परमप्रभु, मैले भनेका कुराहरूमा अधीन गर्न मलाई सहायता गनुहोस्। म के भन्छु त्यस विषयमा होशियारहुन सहायता गर्नुहोस्।

4 मलाई नराम्रो कुरा गर्ने चाहना तर्फ नफर्काउनु होस्, दुष्ट मानिसहरूले अनुचित काम गर्छन्, मलाई तिनीहरूसित सामिल हुन देखि जोगाउनु होस्। मलाई ती कुराहरूमा सहभागी हुन देखि जोगाउनु होस, जुन कुरामा ती दुष्ट मानिसहरूले आनन्द लिइरहेका हुन्छन्।

5 यदि एकजना धर्मी मानिसले मलाई पिटे देखि, म त्यसलाई दया सम्झने थिएँ। तपाईंका भक्तजनहरूले मलाई चेताउनी दिऊन्। तिनीहरूलाई त्यसो गर्न असल हुन्थ्यो। म ती कुराहरू स्वीकार गरौंला। तर म सधैँ ती दुष्ट मानिसहरूको विरोधमा नै प्रार्थना गर्नेछु।

6 तिनीहरूका अधिकारीहरूलाई दण्ड होस् तब मैले सत्य बोलेको उनीहरूले बुझ्नेछन्।

7 मानिसहरूले खन्दै र जोत्दै जमीन वरिपरि मैला थुपारे वा फिंजाए। यस्तै प्रकारले, हाम्रा हड्डीहरू तिनीहरूका चिहानमा वरिपरि फिंजिएर गए।

8 हे परमप्रभु मेरो स्वामी, मैले तपाईंको सहायता खोजें म तपाईंमा भरोसा गर्छु मलाई मर्न नदिनु होस्।

9 दुष्ट मानिसहरूले मेरो लागि पासो थापे। मलाई ती पासोहरूमा फस्न नदिनुहोस्। मलाई पासोमा पर्न नदिनुहोस्।

10 ती दुष्ट मानिसहरू आफ्नै पासोमा आफैं फँसुन् ता कि म चाँहि त्यहाँबाट उम्कनसकुँ।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy