Online Bible

- Reklamy -

भजनसंग्रह 138 - पवित्र बाइबल


दाऊदको भजन।

1 हे परमेश्वर, म सम्पूर्ण हृदयबाट तपाईंको प्रशंसा गर्छु। सारा देवहरूको सम्मुख म तपाईंका गीतहरू गाउनेछु।

2 हे परमेश्वर, तपाईंको पवित्र मन्दिर तर्फ म शिर झुकाउँछु। म तपाईंको नाउँको प्रशंसा गर्छु, तपाईंको स्नेहपूर्ण करूणा र विश्वासको प्रशंसा गर्छु। तपाईं आफ्नो वचनको शक्तिमा प्रख्यात हुनुहुन्छ। अहिले, तपाईंले यसलाई अझ महान् बनाउनुभयो।

3 हे परमेश्वर, मैले तपाईंलाई सहयोगको निम्ति गुहारें। अनि तपाईंले मलाई जवाफ दिनुभयो, मलाई बल दिनुभयो।

4 हे परमप्रभु, तपाईंले भन्नु भएका कुराहरू सुने पछि पृथ्वीका जम्मै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन्।

5 तिनीहरूले परमप्रभुको मार्गको गुण-गान गर्ने छन्, किनभने परमप्रभुको महिमा महान् छ।

6 परमेश्वर अत्यन्तै महत्वपूर्ण हुनुहुन्छ, तर पनि उहाँले नम्र मानिसहरूको हेरचाह गर्नुहुन्छ। परमेश्वर ती अंहकारी मानिसहरूले के गर्दछन् भन्ने कुरा जान्नुहुन्छ, तर उहाँ त्यस्ता मानिसहरूबाट टाढा नै रहनु हुन्छ।

7 परमेश्वर, यदि म सङ्कटमा परे भने मलाई जिउँदै राख्नुहोला। यदि मेरो शत्रुहरू ममाथि क्रोधित भए तिनीहरूबाट मलाई बचाउनुँ होस्।

8 परमप्रभु, मलाई ती कुराहरू दिनुहोस् जुन तपाईंले वचन दिनु भएको थियो। परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा अनन्त रहनेछ। परमप्रभु, तपाईंले हामीलाई रच्नु भयो, यसैले हामीलाई नत्याग्नु होस्!

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy