भजनसंग्रह 137 - पवित्र बाइबल1 हामी बाबेल नदीहरूका किनारमा बसेर सियोनलाई सम्झेर रोयौं। 2 हामीले हाम्रा वीणाहरू छेउमा भएको बेंसीको रूखहरूमा झुण्डाएर राख्यौ। 3 बाबेलमा जसले हामीलाई पक्रेर राखे उनीहरूले नै गीत गाउनु भने। तिनीहरूले हामीलाई खुशीका गीतहरू गाउन भने, तिनीहरूले हामीलाई सियोनको बारेमा गीतहरू गाउनु भने। 4 तर कसरी विदेशमा हामीहरू परमप्रभुका गीतहरू गाउन सक्छौं? 5 हे यरूशलेम, यदि मैले तिमीलाई बिर्सेको भए, मैले कहिल्यै फेरि दाहिने हातले वीणा बजाउनु बिर्सिने थिएँ। 6 यरूशलेम यदि मैले तिमीलाई भुलेको भए, तब म भरोसा गर्छु फेरि कहिल्यै गाँउने थिईन। म कसम खाँन्छु, म तिमीलाई कहिलै भुल्ने छैन। 7 म कसम खाँन्छु यरूशलेम सधैँ मेरो महान् आनन्द हुनेछ। हे परमप्रभु, एदोमीहरूले के काम गरे, याद गर्नुहोस्। तिनीहरूले चिच्यए, “पूर्णरूपले विध्वंश पार, त्यसको जगसम्मै पूर्णरूपले विध्वंश गर।” 8 हे बेबिलोन, तिमी नाश हुनेछौ! त्यस मानिसलाई धन्यवाद देऊ जसले तिमीलाई दण्ड दिन्छ, जुन दण्डको निम्ति तिमी योग्य थियौ। 9 त्यस मानिसलाई धन्यवाद देऊ जसले तिम्रा शिशुहरू समाते, र तिनीहरूलाई ढुङ्गामा थेचारे। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International