भजनसंग्रह 136 - पवित्र बाइबल1 हामी परमप्रभुको प्रशंसा गरौं! किनभने उहाँ भलो हुनुहुन्छ। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। 2 देवहरूका परमेश्वरलाई प्रशंसा गरौं! उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। 3 परमप्रभुहरूका पनि महा-परमप्रभुलाई प्रशंसा गरौंष। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। 4 परमेश्वरको प्रशंसा गरौं! जसले एक्लैले नै आश्चर्यकामहरू गर्नुभयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। 5 परमेश्वरको प्रशंसा गरौं! जसले आकाश बनाउन बुद्धि लगाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। 6 परमेश्वरले सुक्खा जमीन समुद्रमा राख्नु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। 7 परमेश्वरले ठूला-ठूला ज्योतिहरू बनाउनु भयो, उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। 8 दिनमा शासन गर्न परमेश्वरले घाम बनाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। 9 परमेश्वरले रातमा शासन गर्नलाई जून र तारहरू बनाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। 10 परमेश्वरले मिश्रमा सबै भन्दा पहिला जन्मेका पुरूषहरू र पशुहरू मार्नु भयो। उहाँको स्नेहपूर्ण करूणाआ अनन्तसम्म रहनेछ। 11 परमेश्वरले मिश्रबाट इस्राएललाई ल्याउनु भयो, उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। 12 परमेश्वरले आफ्नो महान् शक्ति र बल देखाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। 13 परमेश्वरले लाल समुद्रलाई दुइ भागमा बाँड्नु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। 14 परमेश्वरले इस्राएल लाई समुद्र तार्नु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। 15 परमेश्वरले फिरऊन र उनका सैनिकहरूलाई लाल समुद्रमा डुबाई दिनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। 16 परमेश्वरले आफ्नो मानिसहरूलाई मरुभूमि भएर डोर्याउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। 17 परमेश्वरले शक्तिशाली राजाहरूलाई हराउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। 18 परमेश्वरले बलवान राजाहरूलाई पनि हराउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। 19 परमेश्वरले अमोरीहरूका राजा सीहोनलाई हराउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। 20 परमेश्वरले बाशानका राजा ओग्लाई हराउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। 21 परमेश्वरले तिनीहरूका जग्गा इस्राएललाई दिनुभयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। 22 परमेश्वरले त्यो जग्गा उपहारको रूपमा इस्राएललाई दिनुभयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। 23 परमेश्वरले हामी हारेको बेलामा सम्झनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। 24 परमेश्वरले शत्रुहरूबाट हामीलाई बचाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। 25 परमेश्वरले प्रत्येकलाई खाना दिनुभयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। 26 स्वर्गका परमेश्वरको प्रशंसा गरौं। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International