भजनसंग्रह 133 - पवित्र बाइबलयात्राको एक गीत, दाऊदको भजन। 1 जब दाज्यू-भाइहरू एक साथ मिलेर बस्छन त्यो अति नै राम्रो र आनन्दपूर्ण हुँदछ। 2 हारूनको शिरमा पोखिएको यो एक सुगन्धित तेल जस्तो लाग्छ। त्यो तेल उनको दाह्रीबाट झर्दै उनको विशेष लुगाहरूमा बहन्छ। 3 यो हर्मोन पर्वतबाट आएर सियोन पर्वतमा झरिरहेको हिऊँ जस्तो छ। किनभने यो सियोनमा थियो, जहाँ परमप्रभुले अनन्त जीवनको आशीर्वाद दिनुभएको थियो। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International