भजनसंग्रह 13 - पवित्र बाइबलप्रमुख संगीतकारलाईः दाऊदको भजन। 1 हे परमप्रभु, कहिलेसम्म तपाईंले मलाई बिर्सनु हुन्छ? के मलाई सदाको लागि बिर्सनु हुन्छ? कहिलेसम्म मलाई ग्रहण गर्न तिरस्कार गर्नुहुन्छ? 2 कहिलेसम्म म अन्योलमा परूँ, कहिलेसम्म मैले मेरो हृदयमा उदासीनताको अनुभव गर्नु? कहिलेसम्म मेरा शत्रुहरू मभन्दा पनि बलिया हुन्छन्? 3 हे परमप्रभु मेरो परमेश्वर, मलाई हेर्नुहोस्! मेरो प्रश्नको जवाफ दिनुहोस् मलाई जवाफ दिनुहोस् नत्र म मर्नेछु। 4 यदि त्यस्तो घटना भयो भने, मेरा शत्रुले भन्ने छ, “मैले उसलाई कुटें!” यदि त्यसले मलाई पराजित गर्यो भने मेरो शत्रु खुशी हुनेछ। 5 हे परमप्रभु, आफ्नो सहयोगको निम्ति मैले तपाईंको प्रेममा भरोसा गरें। तपाईंले मलाई बचाउनु भयो र सुखी बनाउनु भयो! 6 म परमप्रभुको लागि सुखको गीत गाउने छु, किनभने उहाँले मलाई धेरै असल कुरा गर्नु भएको छ। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International