भजनसंग्रह 129 - पवित्र बाइबलमन्दिरतर्फ जाँदैगर्दा गाएको स्तुतिगान। 1 मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए। इस्राएल ती शत्रुहरूको बारेमा हामीलाई बताऊ। 2 मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए तर तिनीहरूले कहिल्यै जितेनन्। 3 तिनीहरूले मेरो ढाडमा गहिरो चोट नपारून्जेलल सम्म मलाई कुटे। धेरै समय सम्म मेरो गहिरो घाउ थियो। 4 तर परमप्रभुले डोरीहरू काटीदिनु भयो। अनि ती दुष्टहरूबाट मलाई छुटकारा दिनुभयो। 5 मानिसहरू जसले सियोनलाई घृणा गर्छन्, तिनीहरू परास्त होऊन्। तिनीहरू लडाइँ गर्न छाडेर भागुन्। 6 ती मानिसहरू छानामा भएको घाँसहरू जस्ता थिए। ती घाँसहरू बढ्ने अगावै ओइलएर मरे। 7 घाँस काट्ने मानिसले एकमुट्ठी घाँस त्यहाँबाट पाउन सक्तैन। एक थुप्रो अन्नको निम्ति पनि प्रशस्त हुँदैन। 8 तिनीहरूको नजिकैबाट गइरहेको मानिसहरूले यसो भन्ने छैनन्, “परमप्रभुको आशीर्वाद तिमीहरूमा रहोस्।” मानिसहरूले तिनीहरूलाई भन्ने छैनन्, “हामी तिमीहरूलाई परमप्रभुको नाउँमा आशीर्वाद दिनेछौं।” |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International