Online Bible

- Reklamy -

भजनसंग्रह 128 - पवित्र बाइबल


मन्दिरतर्फ जाँदैगर्दा गाएको स्तुतिगान।

1 परमप्रभुको सबै भक्तजनहरू खुशी छन्। ती मानिसहरू परमप्रभुले रूचाएको तरिकामा बस्दछन्।

2 तिमीले गरेको कार्यको निम्ति तिमी खुशी हुनेछौ। तिमी खुशी हुनेछौ, अनि हितकारी कुराहरू तिमी तिर घट्नेछन्।

3 घरमा, तिम्री पत्नी अङ्गुरको विरूवा जस्तो फलदायक हुनेछ। तिम्रा छोरा-छोरीहरू टेबल वरिपरि, तिमीले रोपेको फलदायक जैतूनको झ्याङ्गहरू झैं हुनेछन्।

4 परमप्रभुले आफ्ना भक्तजनहरूलाई यस्तै प्रकारले साँच्चो रूपमा आशीर्वाद दिनुहुनेछ।

5 सियोनबाट परमप्रभुले तिमीलाई आशीर्वाद दिऊन्। तिमीहरूको जीवनभरि यरूशलेममा आशीर्वादको आनन्द उपभोग गर्न सक।

6 अनि भरोसा गर्दछु कि तिमीहरू आफ्ना नाति-पनातिहरू जन्मरून्जेल सम्म बाँच्नेछौ। इस्राएल मा शान्ति कायम रहोस्।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy