भजनसंग्रह 127 - पवित्र बाइबलसुलेमानले रचेको, मन्दिरतर्फ जाँदैगर्दा गाएको भजन। 1 यदि घर बनाउँने परमप्रभु हुनुहुन्न भने। घर बनाउनेहरूले त्यसै तिनीहरूको समय बर्बाद गरिरहेछन्। यदि यो शहरमाथि परमप्रभुले ध्यान दिनु भएको होइन भने प्रहरीहरूले आफ्नो समय व्यर्थ खेर फ्याँकिरहेछन्। 2 जीवन तयार पार्ने चेष्टामा विहान चाँडै जागेर राती ढिलो सम्म बस्नु चाँहि समय नष्टपार्नु मात्र हो। परमेश्वरले मन पराउनु भएका आफ्ना मानिसहरू मस्त सुतीरहेका बेला पनि ध्यानमा राख्नु हुन्छ। 3 शिशुहरू परमप्रभुकै उपहार हुन्। आमाको शरीरबाट पुरस्कार हो। 4 आफू जवान रहेको समयमा जन्मेका छोराहरू सिपाहीको तरकसको काँडहरू जतिकै हुन्। 5 जुन मानिसको आफ्नो तरकस छोराहरूले भर्छ, त्यो अत्यन्तै खुशी हुनेछ। त्यो मानिस कहिल्यै परास्त हुने छैन। उसको छोराहरूले उसलाई जनसमूह समक्ष, उसको शत्रुहरू विरूद्ध सहायता गर्नेछन्। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International