Online Bible

- Reklamy -

भजनसंग्रह 126 - पवित्र बाइबल


मन्दिरमा गइरहेको बेलाको भजन।

1 जब हामीलाई परमप्रभुले एकपल्ट फर्काएर ल्याउनु हुन्छ त्यो हाम्रो लागि सपना जस्तै लाग्नेछ।

2 हामी हर्षोल्लासले हाँसिरहेको हुने छौ र खुशीका गीतहरू गाउने छौ। अन्य सम्प्रदायका मानिसहरूले भन्नेछन्, “परमप्रभुले इस्राएल का मानिसहरूका निम्ति अद्भूत काम गर्नुभयो।”

3 हो, हामी अत्यन्त खुशी हुनेछौं यदि परमप्रभुले हाम्रो लागि त्यस्तो आश्चर्यजनक काम गरिदिनु हुन्छ भने।

4 परमप्रभु, हामीलाई फेरि एकपल्ट स्वतंत्र पार्नुहोस्, जसरी झरना र बग्दा पानीले एकपल्ट मरुभूमि भरिनेछ।

5 एकजना मानिस उदास हुन सक्ला जब उसले बीऊहरू छर्दछ। तर त्यो खुशी हुनेछ जब बाली उठाउने समय आँउछ।

6 त्यो रून पनि सक्ला जब बीजहरू उसले खेत तर्फ बोकेर लैजादछ, तर त्यो खुशी हुनेछ जब उसले फसल काटेर ल्याउँछ।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy