Online Bible

- Reklamy -

भजनसंग्रह 124 - पवित्र बाइबल


दाऊद मन्दिर गइरहेका बेलाको भजन।

1 मलाई जवाफ देऊ इस्राएल, यदि परमप्रभु हाम्रो पक्षमा नभई दिएको भए, हामी माथि कस्तो घटना घट्ने थियो होला?

2 जब मानिसहरूले हामीलाई आक्रमण गरे त्यस समय यदि परमप्रभु हाम्रो पक्षमा नभएको भए के हुने थियो?

3 हाम्रा शत्रुहरूले हामीलाई जिउँदै निल्ने थिए, जब तिनीहरू हामीमा क्रोधित हुनेगर्थे।

4 हाम्रो शत्रुहरूका सैनिकहरूले हामीलाई बाढीले बगाए झैं र नदीले हामीलाई डुबाए झैं पार्ने थिए।

5 ती अंहकारी मानिसहरू हाम्रा मुख-मुख सम्म उठ्ने पानी भए हामीलाई डुबाउने थियो।

6 परमप्रभुको प्रशंसा गर! हाम्रा शत्रुहरूले हामीलाई पक्रन र मार्न परमप्रभुले कदापि दिनुहुन्न।

7 हामी जालमा फस्न पुगेका चरा जस्तै छौ अथवा यस्तो भएर मुक्ति पाएका छौं। जाल फाट्यो अनि हामी मुक्त भयौ!

8 हाम्रो निम्ति सहायता परमप्रभुबाट आउँदछ। परमप्रभुले आकाश र पृथ्वी बनाउनु भयो!

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy