Online Bible

- Reklamy -

भजनसंग्रह 123 - पवित्र बाइबल


मन्दिरतिर गइरहेको बेलाको भजन।

1 हे परमेश्वर, म माथि हेर्छु र तपाईंलाई प्रार्थना गर्छु। तपाईं राजा सरह स्वर्गमा विराजमान हुनुहुन्छ।

2 दासहरू आफ्ना आवश्यकताको निम्ति उनीहरूको स्वामीमाथि भर पर्दछ, दासीहरू आफ्ना मालिक्नीहरू माथि भर पर्छन्, तर हामी परमप्रभु हाम्रा परमेश्वर माथि भर पर्छौं, र उहाँबाट दया पर्खिरहन्छौं।

3 हे परमप्रभु, हामीमाथि तपाईंको दया रहिरहोस्, किनभने हामी धेरै समय सम्म निन्दित भएका छौं।

4 हामीले धेरै समयदेखि ती घमण्डी मानिसहरूबाट निन्दित भइरहेका छौं। जसले हामीलाई हाँसो उडाउँछन् र अनादर गर्छन्।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy