भजनसंग्रह 120 - पवित्र बाइबलमन्दिरतर्फ गइरहेको बेलाको गीत वा भजन। 1 म सङ्कटमा थिएँ, मैले परमप्रभुको सहायता मागें। अनि उहाँले मलाई बचाउनु भयो! 2 हे परमप्रभु, मलाई ती मानिसहरूबाट जोगाउनु होस्, जसले मेरो बारेमा झूटो बोलें। ती मानिसहरूले भनेका कुराहरू सत्य थिएनन्। 3 झूटो बोल्नेहरू, तिमीहरूले के पाउँछौं भनेर सोच्यौ? जान्दछौ तिमीहरू आफ्नो झूटो कुराहरूबाट के पाउँछौ। 4 सैनिकको तीखो बाणले र तातो कोइलाहरूले दण्ड दिनेछ। 5 तिमी झूटा मानिसहरू, मोशा छेउमा बसिरहेका जस्तै यो केदारको पालहरूभित्र बसिरहेका छौ। 6 म शान्ति घृणा गर्ने मानिसहरूसँग धेरै समय सम्म बसें। 7 मैले भने म शान्ति चाहन्छु, यसकारण तिनीहरूले युद्ध चाहे। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International