भजनसंग्रह 12 - पवित्र बाइबलप्रमुख संगीतकारलाईः शेमिनिथ रागमा बजाइने दाऊदको भजन। 1 हे परमप्रभु मलाई बचाउँनु होस्! अब धार्मिक मानिसहरू छैनन्। त्यहाँ पृथ्वीमा रहेका मानिसहरूमा कोही पनि साँच्चो विश्वासी रहेनन्। 2 मानिसहरूले आफ्ना छिमेकीहरूलाई असत्य कुराहरू भन्छन्। प्रत्येक मानिसले आफ्ना छिमेकीहरूलाई झूट बोलेर चिप्लो घस्छन्। 3 परमप्रभुले ती झूट बोल्ने ओंठहरू काटी दिनु हुन्छ। परमप्रभुले ती ठूल-ठूला कुराहरूको घमण्ड गर्नेहरूको जिब्रो काटिदिनु हुन्छ। 4 ती मानिसहरूले भन्छन्, “हामी ठीक असत्य कुरा गर्नेछौं अनि त्यो अत्यन्त मुख्य हुँदछ। के भन्नु पर्ने हामी जान्दछौं, यसैले हाम्रो कोही पनि स्वामी छैनन्।” 5 तर परमप्रभु भन्नुहुन्छ, “दुष्टहरूले गरीबहरूबाट केही थोकहरू चोरेका छन्, तिनीहरूले असहाय मानिसहरूबाट चीजहरू लिएका छन् तर म ती असहाय मानिसहरूको पक्ष लिएर लडाइईँ गर्नेछु।” 6 परमप्रभुका वचनहरू सत्य र शुद्ध छन्। तातो आगोमा बिलाएको चाँदी जस्तो, तिनीहरू सातपल्ट सम्म गालेका शुद्ध चाँदी जस्ता शुद्ध छन्। 7 हे परमप्रभु, असहाय मानिसहरूको रेख-देख गर्नुहोस्। तिनीहरूलाई अहिले र सधैँ भरिका लागि सुरक्षा दिनु होस्। 8 ती दुष्ट मानिसहरू महत्वपूर्णका हुँ भनी अभिनय गर्छन्। तर वास्तवमा, तिनीहरू ती गर-गहना जस्तै हुन्, जो महङ्गो देखिन्छ तर वास्तवमा एकदमै सस्तो हुन्छ। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International