भजनसंग्रह 1 - पवित्र बाइबलपहिलो भाग (भजनसंग्रह 1–41) 1 यदि उसले दुष्ट मानिसको सल्लाह मान्दैन, पापीहरूको जस्तो जीवन बिताउँदैन, अनि जसले परमेश्वरलाई श्रद्धा नगर्ने मानिसहरूलाई मन पराउँदैन त्यो मानिस साँच्चै नै सुखी हुनेछ। 2 धार्मिक मानिसले परमप्रभुको शिक्षा मन पराउँछ। ऊ परमप्रभुको शिक्षाहरूको विषयमा रात-दिन सोचिरहन्छ। 3 यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ ऊ ठीक समयमा फल दिने रूख सरह हो। ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन उसले गरेको प्रत्येक काममा ऊ सफल हुन्छ। 4 तर दुष्ट मानिसहरू त्यस्ता हुँदैनन्। दुष्ट मानिसहरूलाई भूसलाई जस्तै हावाले उडाई लान्छ। 5 यदि सबै धर्मी मानिसहरू अदालतको मुद्दा निर्णय गर्न भेला हुन्छन्, तब दुष्ट मानिसहरू दोषी प्रमाणित हुनेछन्। ती पापीहरूलाई निर्दोष भनेर न्याय गरिने छैन। 6 किनभने परमप्रभुले धर्मी मानिसहरूको रक्षा गर्नुहुन्छ, तर दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International