Online Bible

- Reklamy -

मीकाको पुस्तक 7 - पवित्र बाइबल


मानिसहरूको आचरणले मीका व्याकुल

1 म व्यकुल छु, किनकि म ग्रीष्म ऋतुको त्यो फल जस्तै जस्तै भएकोछु, जो टिपिसकिएको छ। म त्यो दाख जस्तै भएको छु जो टिपिसकिएको छ। अब त्यहाँ एउटा पनि दाख रहेकोछैन। पहिले फलेको नेभारानै छैन जुन मलाई मन पर्थ्यो, त्यो एउटा पनि रहेको छैन।

2 यसको अर्थ हुन्छ; ती सबै राम्रा मानिसहरू गइसकेकाछन्, एउटै पनि धर्मी मानिसहरू यो भूमिमा रहेनन्। हरेक मानिसहरू एक- अर्कालाई मार्नको निम्ति ढुकी बस्छन्। हरेक मानिस आफ्नो भाइलाई जालमा फसाउँन षड्यन्त्र रचिबस्छन्।

3 मानिसहरूको दुवै हातहरू नराम्रो काम गर्न तयार छन्। शसकहरू काम गर्नलाई घुस माग्छन्। न्यायकर्ताले पैसा लिएर न्यायलयमा फैसला बद्लि गर्छन्। “मुख्य अगुवाहरू” साँचो र निष्पक्ष निर्णय लिंदैनन्। तिनीहरू आफूलाई जस्तो मनपर्छ त्यस्तै काम गर्छन्।

4 तिनीहरूले असललाई पनि नोक्सान गर्ने छन्, र काँढा घारीमा फ्याँक्ने छन्। तिमीहरूका अगमवक्ताले भनेका थिए यस्तो दिन आउनेछ, तिमीहरूका प्रहरीहरूको दिन आउँदैछ। अब तिमीहरूलाई सजाय दिनेछन्। तिमी अन्योलमा पर्नेछौ।


दण्डको दिन आइरहेछ

5 तिमी आफ्नो छिमेकीमाथि भरोसा नगर। तिमी आफ्नो साथीलाई विश्वास नगर। आफ्नो पत्नीसित पनि खुलेर कुरा नगर।

6 मानिसको आफ्नै घर भित्र शत्रु हुन्छ। छोराले बाबुको आदर गर्दैनन्। छोरी आफ्नी आमाको बिरुद्धमा जानेछे। बुहारी आफ्नी सासुको बिरुद्धमा जानेछे।


परमप्रभु रक्षा गर्नुहोस्

7 म सहायताको निम्ति परमप्रभुलाई हेर्नेछु। म परमेश्वरको प्रतिक्षा गर्नेछु, उहाँले मलाई बचाउँनु भएकोछ। मेरा परमेश्वरले मेरो कुरा सुन्नुहुनेछ।

8 म लडेकेछु तर हे, मेरो शत्रु! मेरो हाँसो नउडाऊ किनकि म फेरि खडा़ हुनेछु। यद्यपि आज अँध्यारोमा बसेकोछु, परमप्रभुले ममा ज्योति ल्याउनुहुनेछ।


परमप्रभुले क्षमा गर्नुहुन्छ

9 मैले परमप्रभुको विरुद्ध पाप गरेंको थिएँ। यसकारण, उहाँ मसित रिसाउँनु भएको थियो। तर न्यायलयमा उहाँले मेरो निम्ति मुद्दा लडी इन्साफ गर्नुहुनेछ। उहाँले त्यही काम गर्नुहुनेछ जुन काम मेरो निम्ति उचितछ। फेरि उहाँले मलाई बाहिर उज्यालोमा ल्याउनुहुनेछ। अनि म उहाँको उद्धार हेर्नेछु।

10 फेरि मेरो शत्रुहरूले यो देखेर लज्जित हुनेछन्। मेरो शत्रुहरूले मलाई सोधेको थियो, “तेरा परमप्रभु परमेश्वर कहाँछन्?” त्यस समय, म उसमाथि हाँस्नेछु। मानिसहरूले उसलाई, हिलो मैलोले कुल्चेको जस्तै कुल्चने छन्।


यहूदीहरू फर्कनेछन्

11 त्यो समय आउनेछ जुन दिन तिम्रा पर्खाल फेरि निर्माण हुनेछ, त्यस समयमा तिम्रो देश विशाल हुनेछ।

12 तिम्रा मानिसहरू तिम्रो भुमिमा फर्केर आउनेछन्। तिनीहरू अश्शूर र मिश्रदेशदेखि आउनेछन्। तिम्रा मानिसहरू मिश्र र यूफ्रेटिस नदीको अर्को भूमिबाट आउनेछन्, समुद्रदेखि लिएर समुद्रसम्मका र पर्वतदेखि पर्वतसम्मका मानिसहरू आउनेछन्।

13 पृथ्वी ती मानिसहरू जो यस पृथ्वीका निवासी थिए, तिनीहरूको कर्महरू जुन तिनीहरूले गर्थे ती कारणले बर्बाद भएको थियो।

14 यसकारण आफ्नो राजदण्डले तिमी शासन गर। तिमी ती वथानहरूलाई शासन गर जुन तिम्रो आफ्नो हो। मानिसको वथान कर्मेलको पहाडमा एक्लै बस्थे। यो बथान बाशानमा छ अनि गिलादमा छ जसरि त्यो पहिला बसेको थियो।


इस्राएलले आफ्नो शत्रुलाई हराउने छ

15 जब मैले तिमीलाई मिश्रबाट निकालेर ल्याएको थिएँ, मैले धेरै अचम्मको कामहरू गरेको थिएँ। त्यस्तै अचम्मका कामहरू म तिमीलाई देखाउँनेछु।

16 ती अचम्मका कामहरू अन्य जातिहरूले देख्ने छन्, अनि लज्जित हुनेछन्। ती जातिहरूले देख्नेछन्, तिनीहरूको शक्ति मेरो छेउमा केहि पनि होइन। उनीहरू छक्क पर्नेछन्, अनि आफ्नो मुख हातले छोप्नेछन् अनि कान बन्द गर्नेछन् र केही पनि सुन्ने छैनन्।

17 तिनीहरूले जमीनमा घस्रने सर्पले झैं धूलो चाट्नेछन्, र तिनीहरू डरले काम्नेछन्। तनीहरू परमप्रभु हाम्रा परमेश्वरकहाँ घस्रने किरा झैं तिनीहरूका किल्लाहरूबाट आउँनेछन्। तिनीहरू तिमीहरूसित डराउँनेछन्।


परमप्रभुको निम्ति स्तुति

18 तपाईं जस्तो परमेश्वर अरू छैनन्। तपाईंले पापीहरूलाई क्षमा गरिदिनुहुन्छ। तपाईंले आफ्नो बाँचेका मानिसहरूका पाप क्षमा गरिदिनुहुन्छ। तपाईले आफ्ने रिसलाई राखिराख्नु हुन्न किनकि तपाईं सधैँ दया गर्न रूचाउनु हुन्छ।

19 हे परमप्रभु! हाम्रा पापहरू टाढा फ्याँकि दिनुहोस्, फेरि हामीलाई सुख चैन दिनुहोस्, हाम्रा पापहरू तपाईंले टाढा गहीरो समुद्रमा फ्याँकि दिनुहुनेछ।

20 तपाईं याकूबप्रति साँच्चो हुनुहुन्छ, अब्राहम प्रति दयालु हुनुहुन्छ। तपाईंले यस्तो शपथ धेरै अगाडी, हाम्रो पिता-पुर्खाहरूसँग गर्नुभएको थियो।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy