Online Bible

- Reklamy -

मीकाको पुस्तक 6 - पवित्र बाइबल


परमप्रभुको आरोप

1 परमप्रभुले जे भन्दै हुनुहुन्छ, त्यसलाई ध्यानदेऊ: “उठ अनि पहाडको सामुन्ने खडा हौ, अनि फेरि उहाँलाई आफ्नो कथाको पक्ष सुनाऊ। पहाडहरूलाई आफ्नो कथा सुनाऊ।

2 परमप्रभु आफ्ना मानिसहरूलाई आरोप गर्नु हुन्छ। पहाडहरू आफ्ना परमप्रभुको आरोप सुन, अटल रहने पृथ्वीका जगहरू हो, परमप्रभुको आरोप सुन, उहाँले प्रमाणित गर्नुहुनेछ कि इस्राएल देषी छ।”

3 परमप्रभु भन्नुहुन्छ, “हे मेरा मानिसहरू! के मैले कुनै दिन तिमीहरूलाई नराम्रो गरें? मैले कसरी तिम्रो जीवन कठिन बनाइदिएँ? मलाई भन मैले तिमीहरूलाई के गरें?

4 म तिमीलाई भन्दैछु, “मैले तिमीलाई जे गरें, मैले तिमीलाई मिश्रदेशबाट निकालेर ल्याएँ! मैले तिमीलाई तिम्रो दासत्वको जीवनबाट मुक्त गराएँ। मैले तिम्रो अगुवाको निम्ति, मोशा, हारून अनि मरियमलाई पठाएँ।”

5 हे मेरा मानिसहरू, मोआबको राजा बालाकको दुष्ट योजनालाई याद गर। ती कुरा याद गर जो अबोरको छोरा बिलामले बालाकलाई भनेको थियो। ती कुरा स्मरण गर जो सित्तीमबाट गिलगाल सम्म घटेको थियो। तब मात्र बुझ्नेछौ परमप्रभुमा उद्धार छ।”


परमेश्वर हामीबाट के चाहानु हुन्छ?

6 जब म परमप्रभुको छेउमा जान्छु अनि प्रमाण गर्छु, तब परमेश्वरको छेउमा आफूसँग के लिएर जाऊँ? के परमप्रभुलाई एक बर्षको बाछो, होमबलि चढाउन लिएर जाऊँ?

7 के परमप्रभु एक हजार भेंडा़ र तेलका दश हजार नदीसित प्रशन्न हुनुहुन्छ? के म आफ्नो अपराधको निम्ति आफ्नो जेठो छोरा जो आफ्नो शरिरको अंग हो, त्यो अर्पण गरूँ?

8 हे मानिस! परमप्रभुले तिमीहरूलाई के असल छ त्यो भन्नु भएकोछ। परमप्रभुले तिमीहरूलाई उहाँ के चाहानु हुन्छ, त्यो बताउनु भएको छ। मानिसहरूसँग तिमी साँच्चो बन, अरूसँग प्रेमगर, तिम्रो परमेश्वरको अघि नम्र भएर बस।


इस्राएलका मानिसहरू के-के गरिरहेकाछन्?

9 परमप्रभुको आवाजले यरूशलेम शहरलाई बोलाउँदैछः उहाँ भन्नुहुन्छ, “ज्ञानी मानिसले परमप्रभुको नाउँलाई सम्मान गर्छ। यसकारण तिमी जातिहरू र तिमीहरू जो यहाँ जम्मा भएकाहरू हो ध्यन देऊ।

10 के अझै पनि दुष्टहरूले चोरेको धन सम्पत्ति लुकाएर राखेको छ? के दुष्टहरूले अझै पनि मानिसहरूलाई टोकरीहरूले धोका दिइ रहेकोछ, जुन टोकरीहरू सानो छ।

11 के मैले ती दुष्ट मानिसहरूलाई बेवास्ता गर्ने? जसले अझै पनि कपट तराजु र छलको ढकले मानिसहरूलाई ठगिरहेका छन्?

12 त्यस शहरका धनी मानिसहरू निर्दयी काम गर्छन्। त्यस शहरका मानिसहरू अझै पनि झूटो बोल्दछन्। हो! ती मानिसहरू तिनीहरूको झूटो कुरा गर्छन्।

13 यसकारण मैले तिमीहरूलाई दण्ड दिन शुरु गरें। म तिमीहरूलाई तिमीहरूको पापको कारण नष्ट गरिदिनेछु।

14 तिमीहरूले भोजन गर्नेछौ तर तिम्रो पेट भरिने छैन। अनि फेरि तिमी भोको हुनेछौ। तिमीले मानिसहरूलाई बचाउने कोसिस गर्छौ तर तिमीले जसलाई बचाउँछौ, म त्यसलाई तरवारले काटिदिनेछु।

15 तिमीहरू आफ्नो बिऊ छर्छौ, तर तिमीहरू बाली काट्ने छैनौ। तिमीले कोलमा जैतून पेलेर तेल निकाल्छौ तर तिमीले आफ्नो शिरमा घस्न पनि तेल प्रशस्त मात्रामा पाउदैनौ। तिमी दाख पेलेर दाखरस त निकाल्छौ तर पिउँन पर्याप्त हुँदैन।

16 यस्तो किन हुन्छ? किनकि तिमीहरू ओम्रीको कानूनहरू पालन गर्छौ। तिमीहरू ती नराम्रा कुराहरू भन्छौ जुन कुराहरू आहाब का घरानामा गर्छन्। तिमीहरू उनीहरूको शिक्षा अनुसार चल्छौ। यसकारण म तिमीहरूलाई नष्ट पर्नेछु। तिम्रो शहरका मानिसहरू हाँसोको पात्र हुनेछन्। तिमीहरू अन्य राज्यहरूको घृणाको पात्र बनिनेछौ।”

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy