Online Bible

- Reklamy -

मीकाको पुस्तक 5 - पवित्र बाइबल

1 अब तिमी पर्खालले घेरियौ! हामी घेरामा पर्यौं। तिमीहरूले इस्रएलको न्यायकर्तालाई फलामको लौरोले गालामा हिर्काउँनेछन्।


मसीह बेतलेहममा जन्मनेछन्।

2 तर हे बेतलेहम एप्रात, तिमी यहूदाका बीचमा धेरै सानो छौ, तिमी जो यहूदाका हजारौंका बीचमा सानो छौ, तर तिमीबाट एउटा “इस्राएलको शासक” मेरो निम्ति आउँनेछ। उहाँको सुरुवात प्राचीन कालदेखिनै छ, धेरै-धेरै अघि देखि।

3 यसकारण जब सम्म जन्मेको कष्टमा पर्नेले जन्माउँदैन, तब सम्म उहाँले सियोनलाई त्यागि दिनुहुनेछ। तब तिनका बाँचेका दाज्यू-भाइहरू चाहिँ इस्राएलीहरूकहाँ फर्किएर आउनेछन्।

4 अनि ऊ खडा हुन्छ आफ्नो भेंडा़को बथानलाई परमप्रभुको शक्तिले अनि उसका परमप्रभु परमेशवरको महिमाले खुवाउँछ। तिनीहरू सुरक्षित हुनेछन् किनभने ऊ पृथ्वीको अर्को अन्त सम्म महान रहनेछ।

5 यहीं शान्ति हुनेछ जब अश्शूरी हाम्रो देशमा आउँछ र त्यसले हाम्रो देशमा खुट्टा टेक्छ तब हामी त्यसको बिरूद्धमा सात गोठाला र आठ अगुवाहरू खडा गर्नेछौं।

6 अनि तिनीहरूले अश्शूरमाथि तरवारले र निम्रोदको भूमिमाथि नाङ्गो तरवारले शासन गर्नेछन्। अब अश्शूरीहरू हाम्रो देश भित्र पस्छन्, र हाम्रो सिमानामा पाईला टेक्छन् तब उहाँले हामीहरूलाई अश्शूरीहरूको हातबाट बचाउँनुहुनेछ।

7 अनि याकूबका बाँकि रहेकाहरू चाँहि धेरै मानिसहरूका बिचमा परमप्रभुबाट आएको शीत र घाँसमाथि पर्ने झरी झैं हुनेछन्, जसले न त कुनै मानिसलाई, न मानिसका कुललाई पर्खनेछ।

8 अनि याकूबका बाँकि रहेकाहरू चाँहि धेरै जनताको बीचमा जङ्गलका पशुहरूका बीचमा सिंह र जीव-जन्तुहरूको बिचमा सिंहको बच्चा जस्तै हुनेछन् जो तिनका बीचमा कुल्चँदै र तिनीहरूलाई टुक्रा पार्दै जानेछन्, र बचाउँने कोही पनि हुनेछैन।

9 तपाईंका बाहुली तपाईंका बिरोधीहरूमाथि रहोस्, र तपाईंका सबै शत्रुहरू ध्वंश हुनेछन्।


मानिसहरूले परमेश्वरमाथि भरोसा गर्नेछन्

10 परमप्रभु भन्नुहुन्छ, “त्यसदिन म तिम्रा घोडाहरू खोस्नेछु र म तिम्रा रथहरू नष्ट गरिदिनेछु।

11 म तिम्रो देशको सबै शहरहरू उजाड पारिदिनेछु। म तिम्रो सबै गढीहरू भत्काई दिनेछु।

12 फेरि तिमीले जादू चलाउने प्रयत्न गर्नेछौनौं, फेरि तिमी ती मानिसहरूको भविष्य बताउँने प्रयास गर्नेछौनौ।

13 म तिम्रा झूटा देवताको, मूर्तिहरू नष्ट गरिदिनेछु। ती झूटा देवताको मूर्तिहरूको ढुङ्गाको मूर्ति, स्मृति, स्तम्भहरू सबै उखेलेर फ्याँकिदिनेछु, जसलाई तिमीहरू स्वयंले आफ्नो हातले बनाएका थियौ, तिमीहरू त्यसको पूजा गर्ने पाउनेछैनौ।

14 म अशेरा देवीका पूजाको खम्बाहरू नष्ट गरिदिनेछु। अनि म सबै तिम्रो झूटो देवताहरू नष्ट गरिदिनेछु।

15 त्यहाँ केही जातिहरू छन् जसले मेरो कुरा सुन्दैनन्। म तिनीहरूसित क्रोधित हुनेछु र म तिनीहरूसित बद्ला लिनेछु।”

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy