मीकाको पुस्तक 4 - पवित्र बाइबलव्यावस्था यरूशलेमबाट आउने छ 1 अब पछिल्लो दिनमा परमप्रभुको मन्दिर, डाँडा चाहिँ पहाडहरूमा सर्वोच्च बनाईने छ, अनि त्यो पहाडहरू भन्दा उच्च पारिने छ अनि अरू जातिहरू त्यसमा ओईरिएर आउनेछन्। 2 धेरै मानिसहरू त्यहाँआएर भन्नेछन्, “आऊ हामी परमप्रभुको पहाड, याकूबको परमेशवरको मन्दिरमा जाउँ, र उहाँले हामीलाई आफ्नो मार्ग सिकाउँनु हुनेछ। हामीहरू उहाँको मार्गमा हिंड्नेछौं।” किनभने व्यवस्था सियोनबाट, र परमप्रभुको वचन यरूशलेमबाट निस्कने छन्। 3 उहाँले देशमा बिभिन्न मानिसहरूका बीच इन्साफ गर्नु हुनेछ र टढा सशक्त सामर्थी जातिहरूको झगडा़को फैसला गर्नु हुनेछ। तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोको फाली र भालाहरू चाहिँ हँसिया बनाउनेछन्। जाति-जातिहरूले एक-अर्काको बिरूद्धमा, तरवार चलाउने छैनन्, न त तिनीहरूले कहिल्यै लडाईं गर्न सिक्नेछन्। 4 तर प्रत्येक मानिसहरू तिनीहरूको आ-आफ्नो दाखको बोट र नेभाराको बोट मुनि बस्नेछन्। कसैले तिनीहरूलाई डर देखाउने छैन। किनभने सर्वशक्तिमान परमप्रभु परमेशवरको मुखले नै यी कुराहरू भन्नु भएकोछ। 5 सबै जातिका मानिसहरू चाँहि आ-आफ्नो देवताको नाउँमा हिंड्नेछन्। तर हामी चाँहि सदा-सर्वदै परमप्रभु हाम्रा परमेशवरको नाउँमा हिंड्नेछौं। राज्य फर्काएर ल्याइन्छ 6 परमप्रभु भन्नुहुन्छ, “लङ्गडाहरूलाई म त्यसदिन जम्मा गर्नेछु, अनि धपाईएकाहरूलाई र तिनीहरू जसलाई मैले दण्ड दिएको थिएँ, म भेला गर्नेछु। 7 “लङ्गडाहरूलाई एउटा बेचेको भाग र फ्याँकिएकाहरूलाई एउटा सामर्थी जाति तुल्याउनेछु।” तिनीहरूमाथि सियोनमा परमप्रभुले अब देखि सदा-सर्वदै राज्य गर्नुहुनेछ। 8 अनि तिमी, हे एदेरका धरहरा, सियोनकी छोरीको डाँडा। पहिलेको शासक तिमीहरू कहाँ आउँनेछन्, र यरूशलेमको छोरीको अधिराज्य कायमहुनेछ। जसरि पहिला थियो। किन यरूशलेम बेबिलोन जानै पर्छ? 9 अब तिमी किन चिच्याई-चिच्याई रून्छ्यौ? के तिमी माथि राज्य गर्ने कुनै राजा छैनन्? के तिम्रो सल्लाहकार नष्ट भयो, र प्रसववेदनामा परेकी स्त्रीलाई जस्तै तिमीलाई पीडाले सताएकोछ? 10 हे सियोनकी छोरी, सुत्केरी वेदनामा परेकी आइमाईको पीडामा रोऊ। किनकि अब तिमी शहरबाट बहिर जानेछ्यौ र मैदानमा बस्नेछौ र माथि बाबेलमा जानेछ्यौ र त्यहाँ तिमी सुरक्षित रहनेछ्यौ। परमप्रभुले तिम्रा शत्रुको हातबाट तिम्रो उद्धार गर्नुहुनेछ। परमप्रभुले अन्य राज्यहरूलाई नाश गर्नुहुनेछ। 11 अनि अब धेरै जातिहरू भेला भएर तिम्रो बिरूद्ध भन्नेछन्, “त्यो अशुद्ध होस् र सियोनलाई हाम्रो आँखाले नियालेर हेर्न पाईयोस्।” 12 तर तिनीहरूले परमप्रभुको बिचारलाई जान्दैनन्। न त तिनीहरू उहाँको युक्तिलाई बुझ्दछन्। किनभने उहाँले खलामा बिटाहरू जम्मागरे झैं तिनीहरूलाई जम्मा गर्नु भएकोछ। इस्राएलले त्यसको शत्रुहरूलाई पराजित गर्ने छ। 13 “हे सियोन छोरी, उठ अनि दाईँ गर किनभने म तिम्रा सींङहरूलाई फलामको र तिम्रो खूरहरूलाई पीत्तलको बनाउनेछु। तिमीले धेरै जातिहरूलाई चूर-चूर पार्नेछौ र तिनीहरूको धन-सम्पत्ति सारा पृथ्वीका मालिक परमप्रभुमा अर्पण गर्नेछौं।” |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International