मीकाको पुस्तक 3 - पवित्र बाइबलइस्राएलको अगुवाहरू दुष्टताको दोषी 1 फेरि मैले भनें, “हे याकूबका अगुवाहगरु, अब सुन्। इस्राएलको शासकहरू तिमाहरूले न्याय के हो सो जान्नु पर्छ। 2 तिमीहरूले मलाई घृणा गरेर खराबलाई प्रेम गर्छौ। तिमीले मानिसको छाला काढ्छौ। तिमीहरूले तिनीहरूका हड्डीहरूबाट मासु निकाल्दछौ। 3 तिमीहरूले मेरा मानिसहरूलाई ध्वंश पारिरहेका छौ। तिमीहरूले उनीहरूको छाला सम्म काढि रहेको छौ। तिनीहरूको हड्डी भाँचेर भाँडामा पकाइने मासुको टुक्रा जस्तै बनाउँदै छौ। 4 तिमीहरूले परमप्रभुको प्रार्थना गरिरहेकाछौ तर परमप्रभु जवाफ दिनुहुन्न। परमप्रभुले आफ्नो मुख तिनीहरूदेखि लुकाईरहनु भएकोछ। किनकि तिमीहरूले नराम्रो कर्म गरेका छौ।” झूटो अगमवक्ताहरू 5 परमप्रभु झूटा अगमवक्ताहरूको विषयमा भन्नुहुन्छ जसले मेरा मानिसहरूलाई पाप गर्न लगाए। “यदि मानिसहरूले यी झूटो अगमवक्ताहरूलाई खान दिए भने तिमीहरूलाई ‘शान्ति होस्’ भन्दछन्, यदि ती मानिसहरूले खान दिएनन् भने तिनीहरूको विरूद्ध सेनाहरू भड्काउँछन्। 6 “यसकारण यो तिम्रो निम्ति रात झैं हुनेछ, तिमीले कुनै दर्शन देख्न पाउनेछैनौ। भविष्यको गर्वमा जे लुकेको छ, तिमीले बताउन सक्दैनौ। यसकारण तिमीहरूलाई अँध्यरो जस्तै लाग्नेछ। अगमवक्ताहरूमाथि सूर्य अस्ताउनेछ। अनि उनिहरूलाई दिन पनि रात जस्तै हुनेछ। 7 दर्शन देख्नेलाई लज्जित पारिनेछ। एकजना मानिस जो अगमवक्ता हो उसलाई झमेलामा पारिन्छ। तिनीहरूले तिनीहरूको आफ्नो अनुहार छोप्छन्। किनभने परमेश्वरबाट त्यहाँ उत्तर आउनेंछैन।” मीका परमेश्वरका साँच्चो अगमवक्ता हुन्। 8 तर परमप्रभुको आत्माले मलाई शक्ति, न्याय, अनि सामर्थ्य दिनुभएको छ। म याकूबलाई उसको अपराध बताउँनेछु। हो, म इस्राएललाई त्यसको पापको बिषयमा भन्नेछु। इस्राएलका अगुवाहरू दोषी छन्। 9 हे याकूबका अगुवाहरू, इस्राएलका शासकहरू, तिमीहरू मेरो कुरा सुन। तिमीहरू न्यायलाई घृणा गर्दछौ। यदि कुनै वस्तु बाटोमा छ भने, तिमीहरूले त्यसलाई बाङ्गो पारिदिन्छौ। 10 तिमीहरूले सियोनको निर्माण गर्दा मानिसको हत्या गर्यौ। तिमीहरूले यरूशलेमलाई पापको मूलढोका बनाउँ छौ। 11 यरूशलेमका न्यायधीशहरूले घुस लिएर न्याय गर्छन्। यरूशलेमका पूजहारीहरूले ज्यानलिएर ब्यावस्था सिकाउँछन्। मानिसहरूले अगमवक्ताहरूलाई पैसा दिनुपर्दथ्यो, अनि मात्र उनीहरूले कुनै दण्ड पाउँदैनथिए। उनीहरूले सोच्थे, परमप्रभुले उनीहरूलाई बँचाउँछन् अनि भन्छन्, “परमप्रभुले हामीलाई साथ दिनुहुन्छ, यसैकारण हामीमाथि कुनै बिपत्ति आउन सक्दैन।” 12 हे अगुवाहरू! तिमीहरूको कारणले सियनको विनाश भयो। यसैकारण यो खेत झैं जोतिनेछ। यरूशलेम ढुङ्गाको थुप्रो बनिनेछ, अनि मन्दिरको डाँडा जङ्गलले ढाकिएको पहाड जस्तै सुनसान हुनेछ। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International