Online Bible

- Reklamy -

मीकाको पुस्तक 1 - पवित्र बाइबल


सामरिया र इस्राएललाई दण्ड दिइनेछ

1 परमप्रभुको यो वचन मीकाकहाँ आयो। यो राजा याताम आहाज र हिजकियाहका समयमा भएको थियो। यी मानिसहरू यहूदाका राजाहरू थिए। मीका मोरेशेत बाट आएका थिए। मीकाले यो दर्शन सामरियार यरूशलेमको बिषयमा देखे।

2 हे जाति-जातिका मानिसहरू हो! तिमीहरू सबैले सुन, हे पृथ्वी र त्यसमा बस्ने मानिसहरू सुन। मेरो मालिक, परमप्रभु उहाँको पवित्र मन्दिरबाट आउँदै हुनुहुन्छ। मेरो मालिक तिमीहरूको बिरुद्धमा एकजना साक्षी भई आउँनु हुनेछ।

3 हेर, परमप्रभु आफ्नो वास स्थानबाट बाहिर जाँदै हुनुहुन्छ। उहाँ पृथ्वीको अग्लो ठाउँमा जानको निम्ति उभिएर तल आउँदै हुनुहुन्छ।

4 परमप्रभु परमेश्वरको चरणमुनि पर्वत पग्लेर जानेछ, जसरि मैन आगोमा पग्लन्छ, जसरि उपत्यकाहरू टुक्रा-टुक्रा हुन्छन्। जसरी पहाडबाट पानी बगेर झर्छ।

5 यस्तो भयो किनभने याकूबले पाप गरेको थियो। किनभने इस्रएलका कुल समुहले पाप गरेका थिए। याकूबको पाप के हो? यो सामरिया हो। यहूदाको अग्लो स्थान कुनहो? यो यरूशलेम हो।


सामरिया पापको करण

6 यसकारण म सामरियालाई खाली मैदानमा भग्नावशेषको थुप्रोमा परिणत गरिदिनेछु। त्यो यस्तो स्थान हुनेछ जहाँ दाख रोपिनेछ। म सामरियाका ढुङ्गाहरूलाई बेंसीमा फालिदिनेछु र त्यसका जगहरू सतहमा पुर्याइदिनेछु।

7 म त्यसका मूर्तिहरू सबै टुक्रा-टुक्रा पारिदिनेछु। सबै धन जे त्यले कमाएको छ भस्म पारिदिनेछु र म तिनीहरूको झूटा देवताहरूको मुर्तिहरू सबै ध्वंश गरिदिनेछु, जबकि यी मूर्तिहरू वेश्याबृति मार्फत बनिएका थिए। ती मूर्तिहरू फेरि वेश्याहरूलाई नै तिर्न प्रयोग हुनेछन्।


मीकाको ठूलो दुःख

8 म चाँडै बिनाशको बिषयमा शोकाकुल हुनेछु र म विलाप गर्नेछु। म खालि खुट्टा र नाङ्गै हिँड्नेछु। म स्याल जस्तै साह्रो कराउँनेछु र शतुरमुर्गा झैं विलाप गर्नेछु।

9 सामरियाको घाऊ निको हुनेछैन। त्यसको पाप यहूदा सम्म फैलनेछ। यो मेरा मानिसहरूको शहरको प्रवेसद्वार सम्म जानेछ, किनकि यो त यरूशलेम सम्म आपुगेको छ।

10 यो कुरा गातमा नभन। त्यसका निम्ति रूँदै नरोऊ, विलाप गर्दै बेत-लाप्रामा धुलोमा लडी-बडी गर।

11 हे शाफीरका वासिन्दाहरू हो, तिमीहरू आफ्नो बाटोमा नाङ्गो र लज्जित भएर जाऊ। ती मानिसहरू जो सानानको वासिन्दाहरू हुन् तिनीहरू बाहिर आउने छैनन्। बेतेसेलमा मानिसहरूको रूवाबासिले तिमीबाट सहाएता लिनेछन्।

12 मारोतका वासिन्दाहरूले केही राम्रो कुरा होस् भनी व्याकुलतापूर्वक पर्खिरहेकाछन्। किनभने कष्ट परमप्रभुबाट यरूशलेमको मुलढोकामा आएकोछ।

13 हे लाकीशका वासिन्दाहरू हो! तिमीहरूले वेगवान घोडाहरू रथमा बाँध। सियोनको पाप रथहरूबाट नै शुरु भएको थियो। जसको मार्फत तिनीहरूले इस्राएलले गरे जस्तै पाप गरे।

14 यसकारण मोरशेत गातमा तिम्रो बिदाको सौगात तिमीले दिनु पर्नेछ। अकजीबाका घरहरूले इस्राएलका राजालाई धोका दिनेछन्।

15 हे मोरेशाका वासिन्दाहरू! तिनीहरूको बिरुद्ध म एक जना मानिस पठाऊनेछु जसले तिमीहरूबाट सबै चिजहरू खोस्नेछ। इस्रएलको महिमा अदुल्लाम सम्म आउनेछ।

16 यसकारण तिमीले आफ्नो केश काट, चिण्डे होऊ। किनकि तिमी आफ्नो छोरा-छोरी जसलाई तिमी माया गर्छौ तिनीहरूका निम्ति रूँने छौ अनी तिम्रो शोक दर्शाउनको निम्ति एउटा गिद्ध झैं चिन्डे होऊ। किनकि तिम्रो नानीहरूलाई कैदी झैं लगिनेछ।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy