Online Bible

- Reklamy -

योनाको पुस्तक 3 - पवित्र बाइबल


परमेश्वरको बोलावट अनि योनाको आज्ञा पालन

1 त्यसपछि परमप्रभुले योनालाई फेरि भन्नुभयो,

2 “तिमी निनवेको ठूलो शहरमा जाऊ अनि म जे कुरा तिमीलाई बताउँछु सो त्यहाँ प्रचार गर।”

3 यसैले योना उठे अनि परमप्रभुको आज्ञा पालन गर्दै निनवेमा गए। निनवे साह्रै ठुलो शहर थियो, त्यो पार गर्न तिन दिन लाग्थ्यो।

4 योना शहरको मध्य भागमा गए अनि मानिसहरूलाई प्रचारगर्न शुरु गरे। योनाले भने, “चालिस दिन पछि निनवे शहर नाश हुनेछ।”

5 परमेश्वरबाट त्यस्तो संदेश आएपछि निनवेका मानिसहरूले परमेश्वरमाथि विश्वास गरे। अनि तिनीहरू उपवास बसे र तिनीहरूले गरेका पापहरूका निम्ति सोच्न थाले। मानिसहरूले दुःख व्यक्त गर्नका निम्ति बिशेष प्रकारको वस्त्रहरू धरण गरे। शहरको सबै साना-ठूलाहरूले यसै गर्न थाले।

6 निनवेका राजाले यो समचार सुने अनि उनले पनि आफ्नो नराम्रो कर्मका निम्ति शोक मनाए। यसको निम्ति राजाले आफ्नो सिंहासन त्यागे। उनले आफ्नो राज वस्त्र त्यागे र आफ्नो दुःख व्यक्त गर्न शोक वस्त्र लगाए। त्यसपछि राजा धुलोमा बसे।

7 त्यसपछि राजाले एउटा वचन लेख्न लगाए र शहरमा घोषणा गरेः राजा अनि ठुलो शसकहरू को आदेश यो थियोः केही समयको निम्ति कुनै पनि मानिस अथवा पशु गाई-गोरु अथवा भेंडा़-बख्रा, कसैले केहि खाने कुरा नखानु। कुनै पनि सजीव प्रणीले निनवे मा केहि पनि खाने पिउनेछैन।

8 तर प्रत्येक मानिस र पशुहरूले पनि विशेष प्रकारको वस्त्र धारण गरुन् जसबाट यो देखियोस् कि तिनीहरू सबै दुःखी छन्। मानिसले परमेश्वरलाई ठूलो स्वरले बोलाउनेछन्। अनि प्रत्येक मानिसले आफ्नो जीवन शैली बद्ली गर्नु पर्नेछ, अनि उसले नराम्रो कर्म छोड्नु पर्नेछ।

9 त्यसपछि हुनसक्छ, परमेश्वरले आफ्नो मन परिवर्तन गर्नु हुनेछ। अनि जुन योजना गर्नु भयो त्यो नगर्न पनि सकनु हुन्छ। परमेश्वर क्रोधित हुन रोकिनु होला र हामीहरू ध्वंश नहौंला।

10 मानिसहरूले जुन कुरा गरेकाथिए त्यो परमेश्वरले देख्नु भयो। कसरि तिनीहरू आफ्ना कुकर्मबाट फर्किएर आए। त्यसैले परमेश्वरले आफ्नो इच्छा बद्लिनुभयो, अनि तिनीहरूमाथि जुन आपत्ति ल्यउन सोच्नु भएको थियो सो गर्नु भएन। परमेश्वरले मानिसलाई दण्ड दिनु भएन।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy